काठमाडौं- आजको आधुनिक जीवनशैलीमा मानिसहरू लामो समयसम्म स्वस्थ र सक्रिय रहन चाहन्छन्। दीर्घायु अर्थात् लामो आयु प्राप्ति केवल भाग्यको विषय होइन, यो हाम्रो खानपान, जीवनशैली र मानसिक स्वास्थ्यसँग गहिरो सम्बन्धित छ। विशेष गरी आहारले हाम्रो जीवनको गुणस्तर र आयुमाथि महत्वपूर्ण प्रभाव पार्दछ। यहाँ लामो आयुका लागि उपयुक्त डाइट प्लान र स्वस्थ जीवनशैली अपनाउने महत्वपूर्ण उपायहरू प्रस्तुत गरिएको छ।
१. सन्तुलित र पोषिलो आहार
लामो जीवनका लागि सन्तुलित आहार अत्यावश्यक छ। यसमा सबै पोषक तत्वहरूको उपयुक्त मात्रा हुनुपर्छ — कार्बोहाइड्रेट, प्रोटिन, बोसो, भिटामिन, खनिज, र फाइबर।
फलफूल र तरकारीहरू: दैनिक आहारमा विभिन्न रङ्गका फलफूल र तरकारीहरू समावेश गर्नुपर्छ। यीमा एन्टिअक्सिडेन्ट, भिटामिन, र फाइटोकेमिकल्स पाइन्छ जसले हृदय रोग, क्यान्सर लगायतका दीर्घकालीन रोगबाट बचाउँछ।
पूरा अन्न (Whole grains): ओट्स, ब्राउन राइस, क्विनोआ जस्ता पूरा अन्नले उच्च फाइबर र आवश्यक पोषण प्रदान गर्छ। यसले पाचन राम्रो राख्ने र ब्लड सुगर नियन्त्रणमा राख्न मद्दत गर्छ।
स्वस्थ बोसो: बदाम, अखरोट, अलसी, जैतुन तेल र माछाको तेलमा पाइने ओमेगा-३ फ्याटी एसिडले मस्तिष्क र मुटुको स्वास्थ्यलाई समर्थन गर्छ।
२. तौल नियन्त्रण र नियमित व्यायाम
अधिक तौलले मुटु रोग, मधुमेह, उच्च रक्तचाप जस्ता समस्याको जोखिम बढाउँछ। स्वस्थ तौल कायम गर्न सन्तुलित डाइटका साथै दैनिक कम्तीमा ३० मिनेट व्यायाम आवश्यक छ। योगा, हिँडाइ, दौड, पौडीलगायतले स्वास्थ्यमा सुधार ल्याउँछन्।
३. प्रशस्त पानी पिउने
शरीरलाई हाइड्रेटेड राख्न दैनिक ८ देखि १० गिलास पानी पिउनुपर्छ। पानीले विषाक्त पदार्थहरूलाई शरीरबाट बाहिर निकालन मद्दत गर्छ र छाला स्वस्थ राख्छ।
४. तौलियुक्त र प्रशोधित खानेकुरा कम गर्ने
फास्ट फूड, ज्यास्ति तेलीय, चिनीयुक्त पदार्थ, र प्रशोधित खाना लामो समयसम्म खाने बानीले स्वास्थ्यमा नकारात्मक असर पुर्याउँछ। यसले मोटोपना, हृदय रोग र क्यान्सरको जोखिम बढाउँछ।
५. नियमित स्वास्थ्य जाँच
समय समयमा ब्लड प्रेसर, कोलेस्ट्रोल, रक्त चिनी, र अन्य महत्वपूर्ण स्वास्थ्य मापनहरू गराउँदै जानु आवश्यक छ। यसले रोगको प्रारम्भिक अवस्था पहिचान गर्न मद्दत गर्छ र समयमा उपचार सम्भव हुन्छ।
६. मानसिक स्वास्थ्यको ख्याल
तनाव कम गर्न ध्यान, योगा, वा मनपर्ने कुनै पनि गतिविधिमा संलग्न हुनुपर्छ। राम्रो निद्रा पनि दीर्घायुका लागि महत्वपूर्ण छ।
७. मद्यपान र धूमपानबाट बच्ने
सिगरेट र अत्याधिक मद्यपानले धेरै रोगको खतरा बढाउँछ। दीर्घायुका लागि यी बानीहरू छोड्न अत्यावश्यक छ।
८. प्राकृतिक र घरमै बनेको खाना प्राथमिकता दिने
बजारका प्रशोधित खानाका सट्टा घरमै ताजा र पोषिलो खाना पकाएर खाने प्रयास गर्नुपर्छ। यसले पोषणको स्तर उच्च राख्छ र स्वास्थ्यमा सुधार ल्याउँछ।
९. दैनिक सन्तुलित खाना खाने समय निर्धारण
खाना नियमित समयमा खाने बानी बसाल्नु पर्छ। अत्याधिक बोट खानु वा लामो समयसम्म भोकै बस्नु दुवै हानिकारक हुन सक्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया