काठमाडौं– हालका वर्षहरूमा नेपाललगायत दक्षिण एसियाली देशहरूमा सबभन्दा तीव्र रूपमा देखिन थालेको लिभरसम्बन्धी रोग हो फ्याटी लिभर। यो रोग प्रारम्भिक अवस्थामा खासै लक्षण नदेखिने भएकाले धेरैजसो बिरामीले यसको गम्भीरता बुझेका हुँदैनन्।
तर यदि प्रारम्भिक अवस्थामा नियन्त्रण गर्न सकेन भने यो समस्या लिभर फाइब्रोसिस, लिभर सिरोसिस, र दीर्घकालीन अवस्थामा लिभर क्यान्सरमा परिणत हुन सक्छ। फ्याटी लिभरको मुख्य कारण हाम्रो असन्तुलित खानपान, कम शारीरिक सक्रियता, मानसिक तनाव, र जीवनशैलीका विकृति हुन्।
फ्याटी लिभर के हो?
जब लिभरको कोशिकामा ५% भन्दा बढी बोसो (फ्याट) जम्न थाल्छ, त्यसलाई फ्याटी लिभर भनिन्छ।
फ्याटी लिभर मुख्यतः दुई प्रकारका हुन्छन्:
अल्कोहलिक फ्याटी लिभर
नन-अल्कोहलिक फ्याटी लिभर डिजिज
नन-अल्कोहोलिक फ्याटी लिभर डिजिज रोगको क्रमिक प्रगति:
स्टेटोसिस– लिभरमा बोसो जम्ने प्रारम्भिक अवस्था
स्टेटोहेपाटाइटिस – लिभरमा सूजन सुरु हुने अवस्था
सिरोसिस– लिभर स्थायी रूपमा क्षतिग्रस्त हुने अवस्था
नन-अल्कोहोलिक फ्याटी लिभर डिजिज भएका करीब २५% बिरामीहरू NASH मा पुग्छन् भने १०–१५% बिरामीहरू सिरोसिस मा।
लक्षणहरू
पेटको दायाँ भागमा हल्का दुखाइ
पेट फुल्ने, भारी महसुस हुने
बान्ता, खानामा अरुचि
गाह्रोसाथ सास फेर्ने
हल्का पीलिया, छालामा राता र चिलाउने घाउ
थकान, सधैं कमजोरी महसुस
शरीरको तौल एक्कासि बढ्नु
परीक्षणहरू:
अल्ट्रासाउन्ड (लिभरमा बोसोको स्तर हेर्न)
फाइब्रोस्क्यान (लिभर कडा भए–नभएको पत्ता लगाउन)
लिपिड प्रोफाइल (रगतमा कोलेस्ट्रोल र ट्राइग्लिसराइड्स)
डायबेटिक स्थितिको मूल्याङ्कन
फ्याटी लिभरलाई चार ग्रेड मा वर्गीकृत गरिन्छ — ग्रेड १ देखि ४ सम्म।
उपचार र व्यवस्थापन:
खानपानमा ध्यान:
जङ्क फूड, प्रशोधित चिनी र चिल्लो पदार्थ त्याग्ने
मल्टिग्रेन, होल ग्रेन, सागसब्जी, दाल, फलफूल
अल्कोहल पूर्ण रूपमा बन्द गर्ने
पानी प्रशस्त मात्रामा पिउने (दिनमा कम्तीमा ८–१० गिलास)
जीवनशैलीमा सुधार:
दैनिक ३०–४५ मिनेटसम्म व्यायाम (हिँड्ने, दौडने, योग आदि)
तौल नियन्त्रणमा राख्ने (बीएमआई अनुसार)
धूम्रपान तथा मध्यपानबाट टाढा रहने
नियमित निन्द्रा (६–८ घण्टा) र तनावमुक्त जीवन
चिकित्सकीय सहयोग:
फ्याटी लिभरको ग्रेडअनुसार औषधि सेवन
यदि कोलेस्ट्रोल वा सुगर बढी छ भने, औषधिय नियन्त्रण आवश्यक
यदि लक्षण गम्भीर छन् भने, ग्यास्त्रोएन्ट्रोलोजिस्ट वा हेपाटोलोजिस्ट सँग परामर्श लिनु पर्ने
लिन फ्याटी लिभरको बढ्दो समस्या:
अहिले “लिन फ्याटी लिभर” नामको अवस्था देखिन्छ – जुन तौल सामान्य भए पनि लिभरमा बोसो जम्ने अवस्था हो। यस्तो बिरामीमा डायबेटिस, कोलेस्ट्रोल, उच्च रक्तचाप जस्ता जोखिम कारकहरू पाइन्छन्। नियमित स्वास्थ्य परीक्षण बिना यस्तो अवस्था पत्ता लगाउन कठिन हुन्छ।
बालबालिकामा पनि फ्याटी लिभर:
अत्यधिक प्रसंस्कृत खाना र मोबाइल–इन्टरनेटको लतका कारण अहिले बालबालिकामा पनि मोटोपन बढेको छ, जसले गर्दा उनीहरूमा पनि फ्याटी लिभर देखिन थालेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया