मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बस दुर्घटना हुँदा १० जना घाइते

रौतहट- रौतहटको चन्द्रपुर नगरपालिकामा सोमबार बिहान बस दुर्घटना हुँदा १० यात्रु घाइते भएका छन्। घाइते हुनेमा तीनजना नेपालका तथा सात जना भारत बिहारको रहेको प्रहरीले जनाएको छ।

काठमाडौँबाट महोत्तरीको भिट्ठामोडतर्फ जाँदै गरेको बा.प्र.०१-००६ ख ५२१६ नम्बरको बस चन्द्रपुर नगरपालिका-२ स्थित पूर्व पश्चिम राजमार्गमा सोमबार बिहान दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ। प्रहरीका अनुसार बस अनियन्त्रित भई दुर्घटना भएको हो।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र ट्राफिक प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले दुर्घटनामा घाइते भएकाहरुको उद्धार गरेको थियो।

घाइतेहरूको चन्द्रपुरस्थिति चपुर प्रालिमा उपचार भइरहेको तथा उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि बसका चालक फरार छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?