काठमाडौं – साउनको अन्तिम साताबाट छायांकन सुरु गर्न लागेको फिल्म ‘राम नाम सत्य’को प्रि–प्रोडक्सन काम तीव्र गतिमा भइरहेको छ।
बिराज भट्ट, सुशिल श्रेष्ठ, दिव्या रायमाझी र सुपुष्पा भट्टको अभिनय फाइनल भइसकेको छ भने हालै अभिनेता सुनिल थापालाई पनि अनुबन्ध गरिएको छ। निर्देशक माइकल चन्दका अनुसार, सुनिल थापा यसपटक बिलकुलै नयाँ गेटअपमा प्रस्तुत हुनेछन्।
लभस्टोरी, एक्सन, रोमान्स र सस्पेन्स मिसिएको शैलीमा फिल्म तयार पारिनेछ। ‘परिवर्तन’ फिल्मको सेटबाट फर्किएपछि सुशिल श्रेष्ठको सहभागीमा वर्कशप सुरु हुने निर्देशकले जनाए।
माइकल इन्टरटेन्मेन्ट हाउसको ब्यानरमा बन्ने फिल्ममा उपेन्द्र शाही, श्वेता विमली र उत्तम गुरुङको लगानी रहनेछ। कार्यकारी निर्माता डा. डीआर उपाध्याय, टीआर गौडेल र नरेन्द्र शाह हुन्। डीओपी महेश पौडेल रहने फिल्ममा दक्षिण भारतीय कलाकार तथा एक्सन निर्देशकसँग पनि सहकार्यको तयारी छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया