काठमाडौँ – यो वर्ष साउथ सुपरस्टार मोहनलालका लागि धेरै विशेष रह्यो। किनभने अभिनेताका दुई फिल्म ‘एल २ एम्पुरान’ र ‘थुडारम’ सुपरहिट थिए। अब उनी चाँडै अर्को ब्लकबस्टर लिएर फर्कदैछन्। अभिनेताले आफ्नो सुपरहिट फ्रान्चाइजी ‘दृश्यम’ को तेस्रो भागको पनि घोषणा गरेका छन्।
साउथ सिनेमाका सुपरस्टार मोहनलालले आफ्नो एक्स अकाउन्टमा भिडियो सेयर गरेका छन्। भिडियोमा मोहनलालको इन्टेन्स लुक देखिएको थियो। त्यसपछि भिडियोमा लेखिएको छ। ‘दृश्यम ३..’ भिडियोमा निर्देशक जीतु जोसेफ र निर्माता एन्टोनी पेरुम्बावूर पनि अभिनेतासँगै देखिएका थिए।
भिडियोको अन्त्यमा लेखिएको छ ‘लाइट क्यामेरा अक्टोबर..’ यो पोस्ट आउने बित्तिकै सामाजिक सञ्जालमा हंगामा मच्चियो। अभिनेताका फ्यानहरू हर्षित छन्। सबैजना फिल्मको उत्सुकताका साथ पर्खिरहेका छन्।
यो भिडियो सेयर गर्दै मोहनलालले क्याप्सनमा लेखेका छन्, ‘अक्टोबर २०२५ – क्यामेरा जर्जकुट्टीतिर फर्कियो..’ फिल्मको छायांकन अक्टोबरमा सुरु हुने जानकारी पनि दिइएको छ। यसअघि फिल्मको दुई भाग रिलिज भइसकेको छ। सन् २०१३ मा मोहनलालले दृश्यम ल्याए। यसपछि दृश्यम २ २०२१ मा रिलिज भएको थियो। दुवै फिल्म ब्लकबस्टर हिट भएका थिए।
मोहनलालका यी फिल्महरूको हिन्दी रिमेक पनि आएको छ। अजय देवगन र तब्बु यसमा देखिएका छन्। फिल्मको दुई भाग हिन्दीमा पनि आएका छन्। दुवै सुपरहिट भएका थिए। यसैबीच, अजय देवगनले ‘दृश्यम ३’ को घोषणा गरेका छन्। जुन चाँडै नै सिनेमाघरहरूमा आउँदैछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया