मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

क्लासिक फिल्महरू एआईमार्फत पुनर्जीवन, ब्रुस ली र ज्याकी चान पुनः पर्दामा फर्किँदै

काठमाडौँ – २७ औं शाङ्घाई अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा, चाइना फिल्म फाउन्डेसन र यसका साझेदारहरूले कुङ फू फिल्म हेरिटेज परियोजना अन्तर्गत दुईवटा प्रमुख एआई आधारित पहलहरू सुरु गरेका छन् ।

एआइको प्रयोग गरी १०० क्लासिक मार्शल आर्ट फिल्महरू र विश्वको पहिलो पूर्ण एआइ उत्पन्न एनिमेटेड फिचर फिल्मलाई पुनर्स्थापना गर्ने प्रमुख प्रयास गरिन लागिएको हो ।

भेराइटीका अनुसार पुनर्स्थापना परियोजनाले छवि, ध्वनि र समग्र उत्पादन गुणस्तर सुधार गर्न एआइ प्रयोग गरी १०० ऐतिहासिक कुङ फू चलचित्रहरूलाई डिजिटल रूपमा पुनः मास्टर गर्ने लक्ष्य राखेको छ। यसका साथै मौलिक कथा र यसको सौन्दर्यलाई पनि जोगाउनका लागि यसो गरिन लागिएको हो ।

चाइना फिल्म फाउण्डेशनका अध्यक्ष झाङ किलिनलाई भ्याराइटीले उद्धृत गर्दै भनेका छन्, ‘ब्रुस लीदेखि ज्याकी च्यानसम्म, ‘क्राउचिङ टाइगर, हिडन ड्र्यागन’देखि ‘वुल्फ वारियर’सम्म यी फिल्महरूले विश्वलाई चिनियाँ जनताको जोश र आत्मा देखाएको छ। यो हाम्रो चलचित्रको पहिचान हो।’

भेराइटीका अनुसार एआई पुनर्स्थापनाका लागि छनोट भएका फिल्महरूमा फिस्ट अफ फ्युरी, द बिग बोस, वन्स अपन ए टाइम इन चाइना र ड्रंकन मास्टर जस्ता फिल्महरू समावेश हुनेछन् । कान्सिङ मिडियाका अध्यक्ष तियान मिङले यो पुनर्स्थापना परियोजनाको पहिलो चरणमा १० वटा चलचित्रलाई प्राथमिकतामा राखिने कुरा पुष्टि गरेका छन् ।

चाइना फिल्म फाउन्डेसनले नयाँ एनिमेटेड फिचर फिल्म ‘ए बेटर टुमोरोः साइबर बोर्डर’ प्रस्तुत गर्‍यो, जसलाई विश्वको पहिलो पूर्णतया एआई उत्पन्न एनिमेटेड फिचर फिल्मको रूपमा बिल गरिएको छ। फिल्म पूर्ण स्ट्याक एआई पाइपलाइन प्रयोग गरेर निर्माण गरिएको छ, जसमा स्क्रिप्टिङ, मोडलिङ, एनिमेसन र रेन्डरिङ समावेश छ।

निर्माता झाङ छिङले भने, ‘यो सम्पूर्ण एनिमेटेड फिचर ३० जनाले मात्र बनाएका हुन् । एआइले रचनात्मकता र कार्यान्वयन बीचको बाधा तोडेको छ र उत्पादन चक्र वर्षौंदेखि महिनामा घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?