काठमाडौँ- एभरेष्ट ग्यालरीले टिमले निर्माण गरेको प्रेमिल म्युजिक भिडियो ” त्यो मीठो पल ” सार्वजनिक भएको छ ।
कोशी प्रदेशको संखुवासभा जिल्लाको चैनपुर नगरपालिका तथा सुनसरीको धरान आसपासका विभिन्न सुन्दर पर्यटकिय स्थानहरुमा छायांकन गरिएको उक्त म्युजिक भिडियोमा गायक सुरेश लामाको गायन , कमल अधिकारीको संगीत रहेको छ ।
शब्द रचना नेपाल सरकार कोशी प्रदेश सामाजिक विकाश मन्त्रालयका सचीव समेत रहनु भएका प्रभावशाली व्यक्तित्व हेम राज तामाङको रहेको छ । भिडियो गीतकार स्वयंम हेम राज तामाङकै युट्युव मार्फत सार्वजनिक गरिएको छ । भिडियोमा लोकप्रिय मोडल / कलाकार सनम कठायत र नवप्रतिभा खुसी घिसिङको अभिनय रहेको छ ।
सरोज शाहीको छायांकनगरेको भिडियोलाई अमृत चापागाईंको सम्पादन गरेका छन् । गीत संगीत, प्रविधि तथा कलाकारिताका माध्यमबाट देशै भरिका सुन्दर प्रकृति, मौलिक संस्कृती तथा सामाजिक जनजिवनको प्रचारप्रसार तथा प्रवर्द्धनका निमित्त एभरेस्ट ग्यालरीले थालेको राष्ट्रिय अभियान ” दृश्यमा नेपाल ” अन्तर्गत यो पटक कोशी प्रदेश पर्यटन बर्ष २०८२ लाई समेत टेवा पुग्ने गरि सहयोग गर्ने उक्त अभियानका अभियन्ता तथा कलाकार सनम कठायतले जानकारी दिनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया