मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘हाउसफुल ५’ले अपेक्षित व्यापार गर्न नसक्दा निर्मातामा चिन्ता

नयाँ दिल्ली – बलिउडको चर्चित हास्य फिल्म श्रृंखला हाउसफुल को पाँचौं संस्करण हाउसफुल ५ ले अपेक्षाअनुसारको व्यापार गर्न नसकेको देखिएको छ। अक्षय कुमार, अभिषेक बच्चन र रितेश देशमुखको मुख्य भूमिका रहेको यस फिल्मले रिलिजको १३ औं दिनसम्म आइपुग्दा लगानी उठाउनै कठिन हुने संकेत देखिएको हो।

फिल्मले हालसम्म कुल १६५ करोड २५ लाख भारु कमाइ गरेको छ। तर, निर्माण पक्षका अनुसार फिल्मको कुल बजेट करिब २२५ करोड भारु रहेको छ। यसले गर्दा झण्डै ६० करोड भारु घाटा रहने संकेत देखिन्छ, यदि आगामी दिनमा व्यापारमा उल्लेखनीय सुधार आएन भने।

फिल्मले पहिलो सातामा राम्रै प्रदर्शन गरेको थियो। पहिलो हप्ता १२७ करोड २५ लाख भारु कमाइ भएको थियो, जसमा आइतबार मात्रै ३२ करोड ५० लाखको कमाइ थियो। तर दोस्रो साताबाट दर्शकहरूको उत्साह घट्दै गएको देखिएको छ, जसको प्रत्यक्ष असर कमाइमा परेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?