मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सुदर्शन थापा र प्रदीप खड्काको ‘शुभ विवाह’मा दोस्रो सहकार्य

काठमाडौँ – चर्चित निर्देशक सुदर्शन थापाले लोकप्रिय अभिनेता प्रदीप खड्कालाई मुख्य भूमिकामा लिएर नयाँ चलचित्र ‘शुभ विवाह’ निर्माण गर्ने औपचारिक घोषणा गरेका छन्।

चलचित्र विकास बोर्डमा चलचित्रको नाम दर्ता गर्दा निर्देशक थापाले प्रदीप खड्कालाई प्रमुख कलाकारको रूपमा उल्लेख गरेका छन्। सुदर्शन र प्रदीपबीचको यो दोस्रो सहकार्य हो। करीब एक दशकअघि रिलिज भएको सुपरहिट चलचित्र ‘प्रेमगीत’ मा यी दुईबीचको सहकार्यले निकै राम्रो सफलता पाएको थियो। त्यसपछिको लामो अन्तरालपछि अब यी दुई पुनः ‘शुभ विवाह’ मा एकसाथ देखिन लागेका हुन्।

निर्देशक थापाका अनुसार ‘शुभ विवाह’ एक पारिवारिक प्रेमकथा हो, जसले नेपाली समाजमा विवाहको परम्परा, संस्कार र महत्वलाई दर्शाउनेछ। चलचित्रमा देखाइने कथा र पात्रहरू नेपाली संस्कृति, धर्म र परम्परासँग गहिरो रूपमा जोडिनेछन्। थापाले यो चलचित्र सबै वर्गका दर्शकलाई समेट्नेगरी निर्माण हुने विश्वास व्यक्त गरेका छन्।

उनका अनुसार, “यो चलचित्रले समाजका मूल्य र मान्यतालाई आत्मसात गर्दै परम्परागत नेपाली विवाह संस्कृतिलाई समेट्नेछ। हामी प्रेम मात्र होइन, त्यसलाई परिवार, समाज र संस्कारसँग कसरी जोड्ने भन्ने विषयमा चलचित्रमार्फत सन्देश दिन चाहन्छौं।”

चलचित्रको छायांकन, कलाकार छनोट, र निर्माण मिति लगायतका थप विवरण चाँडै सार्वजनिक गरिने जनाइएको छ। ‘शुभ विवाह’ नेपाली सिनेमामा सामाजिक सन्देशसहितको पारिवारिक मनोरञ्जन दिने अपेक्षासहित निर्माण गर्न लागिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?