मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

महिनावारीमा सेतो वस्तु निषेध ? यस्तो छ ग्रामीण क्षेत्रमा फैलिएको अन्धविश्वास

मुगु – कर्णालीका मुगु सहित उपल्लो जिल्लाका महिलाहरु महिनावारी, छाउ भएको अवस्थामा महिलालाई दुध, दही अथवा सेतो वस्तु नदिने प्रचलन जिल्लामा कायमै रहेकाे छ ।

गाई र भैँसीको दुध, दही र मोही सेतो वस्तु महिनावारी भएका महिलालाई उपभोग गर्न दिँदा गाईवस्तु बाँझो हुने, दुध दहि नदिने अन्धविश्वास अझै कायमै रहेको हाे ।

छायाँनाथ रारा नगरपालिका-६ की मुनरुपा बोहराका अनुसार महिनावारी भएका महिलालाई गाई, भैँसीको दुध दही दियो भने ती जनावर कहिल्यै नब्याउने भन्ने र फलफुलका बिरुवालाई पनि छोए पछि सुक्ने फल नदिने भन्ने भ्रम रहेको छ ।

पुस्तौँ देखि प्रचलनमा रहेको यो अन्धविश्वास बर्तमान अवस्थामा पनि जिवितै छ । महिनावारी भएका महिलाले दुध, दही, मोही खान त के गाई भैँसीको शरीरमा समेत छुन नपाउँने यो परम्परा कायमै रहेको उनीहरूले जनाए ।

यहाँका महिलाहरु छाउगोठमा हिउँदको चिसो र बर्खाको हिलोमा सुत्न बाध्य हुँदै आएका छन् । महिनावारी भएका महिलालाई दूध दिँदा दुहुनो गाईभैँसी बाँझो हुने, अशुभ हुने, महिनावारी भएका महिलालाई घरभित्र राखे देउता रिसाउदा देउता लाग्ने जस्ता भ्रम हट्न नसकेको छायाँनाथ रारा नगर पालिका वडा नं ८ का साजसेवी लाल बहादुर रावलले बताए ।

यता स्वास्थ्य सेवा कार्यालय मुगुमा कार्यरत नर्सिङ्ग प्रमुख मनिशा लामिछानेका अनुसार महिनावारी भएको बेला शरीरबाट रक्तश्राव बढी हुने, शरीर कमजोर महशुस हुने, शरीरलाई बलियो बनाउन पौष्टिक खाना, हरियो सागसब्जी, तरकारी, फलफूल दूध, दही, गेडागुडीको झोल प्रशस्त मात्रामा खानुपर्ने, टुसा उमारेको गेडागुडी, चाकु, फलामको भाँडामा पकाएको दाल गहत आदिको प्रयोगले शरीर स्वस्थ्य बनाउँनु पर्ने उनको भनाई छ ।

महिनावारी भएका बेला महिलालाई गाईको गहुत (पिसाब) छर्काउने र कपडामा सुनपानीले छर्केर शुद्ध गराउने चलन रहेको यहाँका स्थानीय महिलाहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?