मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बुबाको वियोगमा भक्कानिइन् मन्नारा चोपडा, सार्वजनिक स्थलमै रोकिएन् आँसु

काठमाडौँ – अभिनेत्री मन्नारा चोपडा गहिरो शोकमा छिन्। उनका बुबा रमन राय हान्डाको निधन भएको छ। मन्नाराका बुबा लामो समयदेखि बिरामी थिए। अब मन्नारा आफ्नो बुबाको मृत्युको खबरले पूर्ण रूपमा शाेकमा छिन्। अभिनेत्री विमानस्थलमा देखिइन्। उनी आफ्नी बहिनी मिताली हान्डासँग थिइन्।

बुबाको वियोगमा मन्नारा विमानस्थलमा भक्कानिएकाे अवस्थामा देखिइन्। उनी धेरै दुखी देखिएकी थिइन्। उनी फोनमा कसैसँग कुरा गरिरहेकी थिइन्। उनकी बहिनी मिताली पनि उनीसँगै थिइन्। क्यामेरा देखेपछि मिताली अलग्गिइन्। उनको भिडियो सामाजिक सञ्जालमा समाचारमा छ। सामाजिक सञ्जालमा फ्यानहरूले मन्नारालाई साहस र समर्थन दिइरहेका छन्।

मननाराले सामाजिक सञ्जालमा आफ्नो बुबाको मृत्युको बारेमा जानकारी दिएकी थिइन्। जसमा उनले लेखेकी थिइन्, ‘हामीले दुःखका साथ भन्नुपर्छ कि हाम्रा बुबा रमन राय हान्डा अब यस संसारमा छैनन्। उहाँले जुन १६ मा हामीलाई छोड्नुभयो। उहाँ हाम्रो परिवारको बल हुनुहुन्थ्यो।’

मन्नारा चोपडा प्रियंका चोपडाकी काकाकी छोरी हुन्। मन्नाराको प्रियंकासँग घनिष्ठ सम्बन्ध थियो। कामको कुरा गर्ने हो भने, मन्नारा साउथ सिनेमामा सक्रिय छिन्। उनले धेरै फिल्महरूमा काम गरेकी छिन्।

मन्नारा बिग बोस १७ मा देखिएकी थिइन्। यो कार्यक्रमले मन्नारालाई धेरै नाम र प्रसिद्धि दियो। यस कार्यक्रम पछि, मन्नारा लाफ्टर शेफ २ मा पनि देखा परिन्। तर, उनले लाफ्टर शेफ २ मा आफ्नो आकर्षण फैलाउन सकिनन्। त्यसैले उनले केही समय पछि शो छोडिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?