काठमाडौँ- नेपाली बजारमा आइतबार सुनको मूल्य चार सयले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ९७ हजार १०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आइतबार बढेर तोलामा १ लाख ९७ हजार ५०० रुपैयाँ कायम भएको हो ।
यसैबिच चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रबार तोलामा २ हजार १६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार पनि स्थिर रहेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया