मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

राम नाम सत्य निर्माण हुँदै

काठमाडौं– लामो समयदेखि म्युजिक भिडियो निर्देशन गर्दै आएका माइकल चन्द अब नेपाली चलचित्र निर्देशनमा डेब्यु गर्न लागेका छन्। उनको निर्देशनमा बन्ने पहिलो चलचित्रको नाम ‘राम नाम सत्य’ हो, जसको तयारी तीव्र रूपमा अगाडि बढिरहेको छ।

माइकल चन्दको यो पहिलो फिल्म हो जसबाट उनले ठुलो पर्दामा आफ्नो निर्देशन क्षमताको परीक्षण गर्दैछन्। फिल्मको मुख्य भूमिकामा यसअघि नै बिराज भट्ट र सुशील श्रेष्ठ अनुबन्ध भइसकेका छन्। यस्तै, हालै अभिनेत्री सुपुष्पा भट्ट पनि यस चलचित्रमा मुख्य नायिकाको रूपमा अनुबन्धित भएकी छन्। निर्माण पक्षले बिहीबार कागजी सम्झौता गरेर उनको सहभागिता सार्वजनिक गरेको हो।

फिल्मको कथा एक्सन, प्रेम र सस्पेन्समा आधारित रहने जनाइएको छ। यसले दर्शकलाई थ्रिल र भावनात्मक संलग्नता दिने लक्ष्य राखिएको छ।

चलचित्र ‘माइकल इन्टरटेन्मेन्ट हाउस’को ब्यानरमा निर्माण हुँदैछ। यसमा उपेन्द्र शाही, श्वेता विमली र उत्तम गुरुङको लगानी रहनेछ भने कार्यकारी निर्माता डी आर उपाध्याय, टी आर गौडेल र नरेन्द्र शाह रहेका छन्।

छायांकन पक्षको जिम्मा सिनेमाटोग्राफर सुसन प्रजापतिले लिने भएका छन्। निर्माण टिमका अनुसार चलचित्रको छायांकन चाँडै सुरु हुनेछ र दर्शकमाझ नवीन शैलीको कथा र प्रस्तुति ल्याउने तयारीमा छन्।

यो फिल्म नेपाली सिने क्षेत्रमा एक नयाँ निर्देशकको आगमनसँगै नयाँ जोडी र कथानक प्रस्तुत गर्ने अपेक्षासहित अगाडि बढिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?