मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

क्रिस्टियानो रोनाल्डो ई-स्पोर्ट्स विश्वकप २०२५ का ग्लोबल ब्रान्ड एम्बासडर

काठमाडौं- ई-स्पोर्ट्स विश्वकप फाउन्डेशनले स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोलाई सन् २०२५ मा हुने ई-स्पोर्ट्स विश्वकपको ग्लोबल ब्रान्ड एम्बासडर घोषणा गरेको छ।

फाउन्डेशनले रोनाल्डोको सहभागिता ई-स्पोर्ट्सको लोकप्रियता बढाउने र परम्परागत खेलकुदसँगको सम्बन्ध मजबुत बनाउने लक्ष्यसहित गरेको बताएको छ।

रोनाल्डोले ‘राइज एबभ’ भन्ने नाराको प्रवर्द्धन गर्दै विश्वकपको अभियान नेतृत्व गर्नेछन्। उनले ई-स्पोर्ट्सलाई परिश्रम, लगन र साहसको प्रतीक बताउँदै भविष्यका खेलाडीलाई प्रेरित गर्ने बताएका छन्।

ई-स्पोर्ट्स विश्वकप २०२५ मा २ हजार खेलाडी, २०० क्लब र १०० देश सहभागी हुनेछन्। प्रतियोगितामा २५ इभेन्ट र २४ खेलसहित ७ करोड डलरभन्दा बढी पुरस्कार राशी हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?