मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मुग्लिन-मलेखु सडक राति बन्द गरेर स्तरोन्नति गरिने

चितवन – पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन मलेखु सडकखण्डमा राति सवारी आवागमन बन्द गरेर स्तरोन्नति गरिने भएको छ । यही जेठ ३० गतेदेखि आगामी असार ७ गतेसम्म रातिको समयमा सवारी आवागमन बन्द गरेर स्तरोन्नति गर्न लागिएको हो ।

नागढुङ्गा मुग्लिन सडक आयोजना ‘पश्चिम खण्ड’ का प्रमुख केदारप्रसाद नेपालका अनुसार सडकको बार्बाङ खोला, मोवा खोला, खटौती खोला र गोमती खोलामा आरसिसी बिम राख्ने कामका लागि सवाारी बन्द गर्न लागिएको हो ।
बिम राख्न भारी क्रेनको प्रयोग गर्नुपर्ने भएकाले सवारी आवागमन रोक्नु परेको बताउँदै उनले शुक्रबारदेखि असार ७ गतसम्म राति १०ः३० बजेदेखि बिहान ३ः०० बजेसम्म अत्यावश्यकबाहेक सबै सवारीसाधन बन्द हुने जानकारी दिए ।

नेपालका अनुसार मलेखुबाट मुग्लिनतर्फ जाने भारी सवारीसाधनहरू मुग्लिन र हलुका सवारीसाधनहरू कुरिनटारमा रोकिनेछन् । यसैगरी मलेखुबाट मुग्लिनतर्फ जाने भारी सवारीसाधनहरू मलेखु र हलुका सवारीसाधनहरू शितलबजारमा रोकिनेछन् । रोकिएका सवारीसाधनलाई बिहान ३ः०० बजेपछि मात्रै छोडिने उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?