काठमाडौँ – ‘बोर्डर २’ का अभिनेता सनी देओलले गुजरातको अहमदाबादमा भएको विमान दुर्घटनामा शोक व्यक्त गरेका छन्। उनले लेखेका छन् कि अहमदाबाद विमान दुर्घटनाको खबर सुनेर उनी स्तब्ध भएका छन्।
सनी देओलले इन्स्टाग्राममा लेखेका छन्, ‘अहमदाबाद विमान दुर्घटनाको खबर सुनेर म स्तब्ध भएको छु। बाँचेकाहरूको लागि म हृदयदेखि प्रार्थना गरिरहेको छु कि उनीहरू फेला परून् र उनीहरूलाई आवश्यक हेरचाह मिलोस्। आफ्नो ज्यान गुमाएकाहरूको आत्माले शान्ति पाओस् र उनीहरूका परिवारले यो अकल्पनीय समयमा शक्ति पाओस्।”
एयर इन्डियाको यात्रुवाहक विमान बोइङ ड्रीमलाइन ७८७ जुन १२ को दिउँसो गुजरातको अहमदाबादमा दुर्घटनाग्रस्त भएकाे बताइएकाे छ । यो घटना अहमदाबादको मेघानीनगर क्षेत्रमा भएको हाे । विमानमा २४२ यात्रु थिए। सबैको मृत्यु भएको आशंका गरिएको छ।
प्राप्त जानकारी अनुसार, यो दुखद दुर्घटना सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हो। विमान विमानस्थलको सिमानामा ठोक्किएको विश्वास गरिन्छ। प्रारम्भिक तस्बिरहरू बाहिर आएका छन् जसमा विमान टुक्राटुक्रा भएको स्पष्ट देख्न सकिन्छ। दुखद दुर्घटनापछि राहत र उद्धार कार्य भइरहेको छ।
अहमदाबाद विमान दुर्घटनाको दुखद घटना पछि सनी देओल पहिलो ट्वीट गर्ने व्यक्ति थिए। यसपछि, हाउसफुल ५ का कलाकार रितेश देशमुख, परिणीति चोपडा, दिशा पटानी र अक्षय कुमारले पनि यस घटनामा आफ्नो पीडा व्यक्त गरेका छन्।
अक्षय कुमारले लेखेका छन्, यो दुखद दुर्घटनाको बारेमा सुनेर म स्तब्ध छु। उनले मृतकहरूको लागि प्रार्थना पनि गरे।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया