काठमाडौँ – भारतको गुजरातस्थित अहमदाबाद विमानस्थल नजिकै एउटा विमान दुर्घटनामा परेको छ । बिहीबार दिउँसो अहमदाबादको मेघानीनगर क्षेत्रमा विमान दुर्घटनाग्रस्त भएको समाचार एजेन्सीहरुले जनाएको छन् ।
अहमदाबाद विमानस्थलबाट लन्डनका लागि उडेको एयर इन्डियाको विमान उडान भरेको केही समयपछि नै दुर्घटनाग्रस्त भएको बताइएको छ ।
बोइङ ७८७-८ ड्रीमलाइनर विमानमा २४२ यात्रु सवार थिए । दुर्घटनाको बारेमा थप विवरण आउन बाँकी रहेकोले उक्त क्षेत्रबाट प्राप्त दृश्यहरूले हावामा बाक्लो कालो धुवाँ देखिएको जनाइएको छ ।
यसैबीच, हाउसफुल ५ का अभिनेता अक्षय कुमारले अहमदाबाद भएको विमान दुर्घटनाको खबरले आफू स्तब्ध भएको बताएका छन् । उनले सामाजिक सञ्जाल एक्समा अहमदाबादमा भएको विमान दुर्घटनापछि शोक व्यक्त गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया