मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेपाली फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं– हङकङसँगको मैत्रीपूर्ण फुटबल खेल तथा एएफसी एसियन कप छनोटअन्तर्गत लाओसविरुद्धको खेल खेलेर नेपाली फुटबल टोली स्वदेश फर्किएको छ ।

टोली बुधबार राति नेपाल आइपुगेको हो । टोलीलाई एन्फाका पदाधिकारीहरूले त्रिभुवन विमानस्थलमा स्वागत गरे । नेपालले मैत्रीपूर्ण खेलमा हङकङलाई गोलरहित बराबरीमा रोकेको थियो । एसियन कप छनोटमा भने नेपाल लाओससँग पराजित भयो ।

घरेलु मैदानमा लाओसले नेपाललाई २-१ गोलअन्तरले हराएको थियो । नेपाल लाओससँग पहिलोपटक पराजित भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?