मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बन्दीपुर अस्पतालमा मौसमी रोगका बिरामीको चाप बढ्यो

तनहुँ – यहाँको बन्दीपुर अस्पतालमा पखाला, ज्वरो, टाइफाइड, डेङ्गु र रुघाखोकीलगायतका मौसमी बिरामीको सङ्ख्या वृद्धि हुन थालेको छ । १५ शय्या क्षमताको सो अस्पताल केही दिन देखि बिरामीले भरिभराउ हुन थालेको छ ।

हाल अस्पतालमा दैनिक १०० बढी बिरामी उपचारका लागि आउने गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अनिल गिरीले जानकारी दिए । उनले भने, “यसअघि दिनमा ३५÷४० बिरामी आउने गरेका थिए । अस्पतालबाट प्रभावकारी सेवा पाउन थालेपछि बिरामीको चाप बढ्दै गएको छ ।”

बिरामीको सङ्ख्या दैनिक बढ्दो देखिएपछि पानीको स्रोतमा ‘कोलिफर्म’ परीक्षण गर्न थालिएको छ । “अस्पतालमा चौबिसै घण्टा सेवा दिन आएको छौँ,” उनले भने, “वैशाख १ गतेदेखि बिहान ७ बजेदेखि बेलुका ८ बजेसम्म ओपिडी सेवा दिइएको छ ।”

उपचारमा आउने बिरामीलाई टिकट निःशुल्क गरिएको छ । बन्दीपुर गाउँपालिकाका साथै छिमेकी पालिका व्यासनगर, आँबुखैरेनी र गोरखा पालुङ्गटारबाट समेत यहाँ बिरामी उपचारका लागि आउने गरेका छन् ।

स्वास्थ्य बिमा कार्ड र अस्पतालको टिकट कार्ड देखाएमा बन्दीपुर केवलकारले रु। २०० मा आवतजावत गर्ने सुविधा दिएपछि गोरखा पालुङ्गटारबाट आउने बिरामी सङ्ख्या बढ्न थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?