मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘द ग्रेट इन्डियन कपिल शो’को तेस्रो सिजनमा सिद्धुको पुनरागमन

काठमाडौं- कपिल शर्माको टिमले टेलिभिजन विश्रामपछि नेटफ्लिक्समार्फत सञ्चालन गर्दै आएको ‘द ग्रेट इन्डियन कपिल शो’ अब तेस्रो सिजनमा प्रवेश गर्न लागेको छ। जुन २१ मा नयाँ सिजनको पहिलो एपिसोड सार्वजनिक हुनेछ।

यो शो ‘कमेडी नाइट्स विथ कपिल’को विस्तारित संस्करण हो। जसमा कपिल स्वयं होस्ट छन् र अर्चना पूरण सिंह जजको भूमिकामा छिन्। नेटफ्लिक्सले सार्वजनिक गरेको नयाँ प्रचार सामाग्री अनुसार यस सिजनमा नवजोत सिंह सिद्धु पुनः जजको भूमिकामा फर्कनेछन्। तर अर्चनाको स्थान यथावत रहने बताइएको छ।

सिद्धु २०१९ मा पुलवामा घटनामा दिएको विवादास्पद अभिव्यक्तिपछि च्यानलको दबाबमा शोबाट बाहिरिएका थिए। त्यसपछि अर्चनाले उनको स्थान लिएकी थिइन्।

सिद्धु अनुपस्थित भए पनि दर्शकहरूमा उनको माग निरन्तर रहँदै आएको थियो। अब पुनरागमनको खबरले शोका फ्यानहरू उत्साहित भएका छन्। अब शोमा अर्चना र सिद्धु दुवैजना जजको रुपमा देखिनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?