मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कपिल शर्मा र शंकर महादेवनले ‘पार्टी अन अर्थ’लाई बनाए यादगार

काठमाडौँ – हास्य कलाकार कपिल शर्माले आमिर खानको घरमा आयोजित विशेष संगीत रातको झलक सेयर गरे। जहाँ ‘सितारे जमीन पर’ को रिलिज हुनुभन्दा अगाडि ताराहरूले उत्सव मनाएका छन्।

हालै, हास्य कलाकार तथा अभिनेता कपिल शर्माले आफ्ना फ्यानहरूलाई एउटा विशेष साँझको झलक दिएका हुन् । यो साँझ आमिर खानको घरमा मनाइएको थियो, जहाँ उनको आगामी फिल्म ‘सितारे जमीन पर’ को रिलिज हुनुभन्दा अगाडि एक निजी संगीत पार्टी आयोजना गरिएको थियो। यस विशेष अवसरमा आमिरका नजिकका साथीहरू, फिल्म उद्योगका सेलिब्रेटीहरू र परिवारका सदस्यहरू उपस्थित भएका थिए ।

कपिल शर्माले सामाजिक सञ्जालमा यस कार्यक्रमको भिडियो सेयर गरेका छन्, जुन द्रुत गतिमा भाइरल भइरहेकाे छ। यस भिडियोमा कपिल संगीतकार शंकर महादेवनसँग स्टेजमा गीत गाउँदै गरेको देखिएका छन् । आमिर खान पनि यो संगीत सत्रको आनन्द लिइरहेको भिडियाेमा देख्न सकिन्छ । कपिलले शास्त्रीय संगीत प्रस्तुत गरे, जुन सुनेपछि शंकर महादेवन र आमिर दुवैले उनको प्रशंसा गरेका छन् ।

कपिलले यस पोस्टमा लेखेका छन्, “सितारे जमीन परका विशेष ताराहरूसँग एक विशेष साँझ। यो सुन्दर साँझको लागि आमिर भाइलाई धन्यवाद।” उनले पोस्टमा जुन २० मा रिलिज हुने फिल्मको शुभकामना पनि दिएका ।

यस संगीतमय साँझमा धेरै स्टारहरू देखिएका थिए । एउटा क्लिपमा, रणबीर कपूर फिल्मको स्टारकास्टसँग समूह फोटोमा पोज दिइरहेको देखियो। यस फोटोमा आमिर खान, किरण राव, निर्देशक आर.एस. प्रसन्ना र संगीत त्रिकूट शंकर-एहसान-लय पनि देखिएका छन् ।

यस साँझको सबैभन्दा ठूलो आश्चर्यजनक प्रवेश क्रिकेटका देवता सचिन तेन्दुलकर र उनकी श्रीमती अञ्जलीको थियो। आमिरले उनीहरूलाई हार्दिक स्वागत गरे र पाहुनाहरूले सचिनको सम्मानमा ताली बजाए र जयजयकार गरे।

सितारे जमीन पर यस महिना रिलिज हुँदैछ

फिल्म ‘सितारे जमीन पर’ आर.एस. प्रसन्नाद्वारा निर्देशित र आमिर खान र अपर्णा पुरोहितद्वारा निर्मित हो। यस फिल्ममा जेनेलिया देशमुख आमिर खानसँग देखिनेछिन् र यो दस नयाँ कलाकारहरूको पहिलो फिल्म हुनेछ। यो फिल्म स्पेनिस हिट ‘च्याम्पियन्स’ को हिन्दी रिमेक हो र २० जुन २०२५ मा रिलिज हुँदैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?