मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘कम्तिमा तीन सन्तान ’ – टर्की राष्ट्रपतिको अपिलले मच्चायो बहस

काठमाडौँ – यतिखेर टर्कीले नयाँ संकटको सामना गरिरहेको छ। यो आर्थिक वा राजनीतिक संकट भने होइन, यो सङ्कट जनसंख्यासँग सम्बन्धित छ । टर्कीको जनसंख्या लगातार घट्दै गएको छ र टर्कीका महिलाहरू कम बच्चा जन्माउन थाले पछि राष्ट्रपति रेसेप तैयप एर्डोगानका लागि चिन्ताको विषय बनेको छ।

घट्दो जन्मदरलाई ‘युद्धभन्दा ठूलो खतरा’ मानिएको छ र टर्की सरकारले यसलाई सामना गर्न धेरै कदम चालिरहेको छ। सन्तान जन्माउन प्रोत्साहन गर्ने नीतिहरू बनाइएको छ र सन २०२५ लाई टर्कीमा ‘परिवारको वर्ष’ घोषणा गरिएको छ।

एर्दोगानले गत महिना सन् २०२६ लाई ‘परिवारको दशक’ को सुरुवात हुने घोषणा गरेका थिए। तर टर्कीले गहिरो आर्थिक संकटमा फसेकोले महिलाहरूलाई कम्तिमा ३ सन्तान जन्माउन उनले गरेको अपील र नवविवाहित जोडीहरूलाई आर्थिक प्रोत्साहनको प्रस्ताव पर्याप्त नहुन सक्छ।

आधिकारिक तथ्याङ्कले देखाउँछ कि टर्कीको जन्मदर २००१ मा प्रति महिला २.३८ बच्चाहरुबाट सन २०२५ को सुरूवातीमा १.४८ मा झरेको छ, जुन फ्रान्स, बेलायत वा अमेरिका भन्दा कम हो, जसका कारण ७१ वर्षीय इस्लामवादी र ४ छोराछोरीका पिता एर्दोगानले विपत्ति भनेर वर्णन गरेका छन् ।

आफ्नो २२ वर्षको कार्यकालमा पहिले प्रधानमन्त्री र त्यसपछि राष्ट्रपतिका रूपमा ८ करोड ५० लाख जनसङ्ख्या भएको यो देशमा प्रजनन दरमा तीव्र गिरावट आएको उनले देखेका छन । तर, जन्मदर घटनुमा राष्ट्रपतिले एर्दोगानले यसका लागि महिला र तेस्रो लिङ्गी दुवैलाई दोष दिएका छन्।

तर, नारीवादी कार्यकर्ता बेरिन सोन्मेजले प्रतिवाद गर्दै भनिन्, ‘महिला र एलजीबिटीक्युं व्यक्तिहरूलाई घट्दो जनसंख्या वृद्धि दरको लागि एकमात्र दोषी मानिन्छ जबकि राजनीतिक गल्तीहरू स्वीकार गरिँदैन।’ यो अराजक र अनिश्चित वातावरणमा मानिसहरु सन्तान जन्माउन हिचकिचाउन सक्ने उनको भनाइ छ । यसबाहेक, बालबालिकाको लागि सहयोग लगभग छैन र हेर्दा हेर्दै शिक्षा सबैभन्दा महँगो क्षेत्र भएको छ।

टर्कीले त्यसमाथी अहिले आर्थिक संकट र रोजगारीको अभावको सामना गरिरहेको छ। आधिकारिक तथ्याङ्क अनुसार टर्कीले विगत ४ वर्षदेखि मुद्रास्फीतिसँग संघर्ष गरिरहेको छ, जसका कारण शिक्षाको लागत गत वर्षको तुलनामा ७० प्रतिशतले बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?