मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आरसीबी विजय उत्सवको घटनामा मार्केटिङ प्रमुख पक्राउ

काठमाडौँ- आईपीएल २०२५ विजेता रोयल च्यालेन्जर्स बेंगलुरुको (आरसीबी) विजय उत्सवमा भागदौड हुँदा ११ जनाको मृत्यु भएपछि बेंगलुरु प्रहरीले आरसीबीका मार्केटिङ तथा राजस्व प्रमुख निखिल सोसालेलाई पक्राउ गरेको छ।

उनीसँगै कार्यक्रम व्यवस्थापन कम्पनी डिएनए इन्टरटेन्मेन्टका वरिष्ठ प्रबन्धक किरण कुमार र उपाध्यक्ष सुनील मैथ्यू पनि नियन्त्रणमा लिइएका छन्।

कर्नाटकका मुख्यमन्त्री सिद्धरामैयाले घटनाबारे छानबिन गर्न न्यायिक आयोग गठन गरेका छन्। साथै, बेंगलुरुका प्रहरी प्रमुखसहित उच्च अधिकारीहरू निलम्बनमा परेका छन्। प्रहरीले बिना अनुमति कार्यक्रम आयोजना, सुरक्षामा लापरवाही र उद्धारमा ढिलाइ गरेको भन्दै एफआईआर दर्ता गरिसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?