काठमाडौँ- प्रदीप खड्का स्टारर फिल्म ‘पिताम्बर’को सफलताको ५१ औँ दिन मनाउँदै यसको सिक्वेल ‘पिताम्बर २’ निर्माण हुने घोषणा गरिएको छ।
केपी फिल्म्स र पुरुषोत्तम प्रधान फिल्म्सको सहकार्यमा बनेको फिल्मले रञ्जना सिनेप्लेक्स र बीग मुभिजमा ५१ औँ दिन मनाएको हो।
प्रदीप खड्का स्टारर यो फिल्मले कलाकार र प्राविधिकलाई सम्मान गर्दै बिहीबार ५१ औँ दिन मनाएको हो । गतबर्षको चैत २९ गतेबाट प्रदर्शनमा आएको फिल्मले रञ्जना सिनेप्लेक्स र बीग मुभिजमा ५१ औँ दिन मनाएको कार्यक्रममा जानकारी दिइयो । सरकारको आधिकारिक बक्सअफिसमा फिल्मले ४ करोड ५६ लाख रुपैयाँ कमाएको छ ।
कार्यक्रममा निर्देशक कृषा चौलागाईंले सबैको साथ र सहयोगले फिल्मको सफलता सम्भव भएको बताइन् । उनले उनले फिल्ममा भएका कमीकमजोरीलाई सच्याएर अर्को अझै बुलन्द काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया