मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कालीकोटको मुम्रा बालविवाह निषेधित वडा

मान्म ‘कालीकोट’ – यहाँको सान्नीत्रिवेणी गाउँपालिका–८ मुम्रालाई बालविवाह निषेधित वडा घोषणा गरिएको छ । ‘नगरौं बिहेको कुरा, भएको छैन २० वर्ष पूरा’ भन्ने मूल नाराका साथ बालविवाह निषेधित वडा घोषणा गरिएको हो ।

शिक्षा, स्वास्थ्य, पोषण तथा संरक्षणमा बाल विवाहले प्रतिकूल असर परेकाले सान्नीत्रिवेणी गाउँपालिकालाई दुई वर्षभित्र बालविवाहमुक्त पालिका घोषणा अभियान सुरू गरेको गाउँपालिका अध्यक्ष मोहनबहादुर केसीले बताए ।
“बालविवाह जस्तो सामाजिक कुप्रथाले बालबालिकाको जीवन अन्धकारमा पु¥याएको छ,” उनले भने, “उमेर नपुगी बिहे गरेका किशोरीहरू कुपोषणको मारमा छन् । सामाजिक, सांस्कृतिक, आर्थिक रुपमा कमजोर छन् ।”

गाउँमा कसैले पनि बालविवाह नगर्ने नगराउने प्रतिबद्धतासहित बाल विवाह निषेधित वडा घोषणा गरिएको बाल अभियन्ता तथा अधिवक्ता खडानन्द चौलागाईँले बताए । “बालविवाह कानुनी र सामाजिक अपराध हो,” उनले भने ।

चार वर्षअघिसम्म ६८ प्रतिशत बाल विवाह रहेको मुम्रामा ‘प्लान’सहितका संघसंस्थाको सहयोगमा अभियान सञ्चालन गरेपछि गत चैतमा १० प्रतिशतभन्दा कम भएको हो । सान्नीत्रिवेणी गापाको ७ र ८ नम्बर वडा बालविवाह निषेधित वडा घोषणा भइसकेका छन् । बालविवाह निषेधित वडा घोषणापछि पालिकाले किशोरकिशोरीको शिक्षामा लगानी गर्ने गाउँपालिकाकी उपाध्यक्ष पार्वती सञ्ज्यालले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?