काठमाडौँ- नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार ७०० रुपैयाँ कायम भएको छ । हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार २०० रुपैयाँ कायम भएको थियो ।
यस्तै बिहीबार चाँदीको मूल्य तोलामा २ हजार ७५ रुपैयाँ कायम भएको थियो । बुधबारको तुलनामा चाँदीको मूल्यमा कुनै फेरबदल नभएको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया