मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गायिका बबिना भट्टराईको नयाँ गीत ‘तिम्रै मुटुमा’ सार्वजनिक

काठमाडौँ- नेपाली आधुनिक गीतसंगीतको क्षेत्रमा गायिका तथा संगीतकार बबिना भट्टराईको स्वर र संगीतमा आधारित नयाँ प्रेमिल गीत ‘तिम्रै मुटुमा’ सार्वजनिक भएको छ।

कैलाश घिमिरेको शब्द रहेको गीतमा देवेन्द्र नेवाःको एरेन्ज, दिल समर्पण र राजाबाबु थारुले रेकर्ड, र प्रकाश मिश्रले मिक्सिङ मास्टरिङ गरेका छन्।

ए.जे. अजुको निर्देशनमा बनेको भिडियोमा बबिना भट्टराई आफै फिचर्ड छिन् भने अनिल विष्ट प्युठानीले सम्पादन र रोजिना श्रेष्ठले श्रृङ्गार गरेकी छिन्। गीत बबिना भट्टराईको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?