मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चलचित्र ‘माइतीघर’को छायांकन सम्पन्न, दसैँमा रिलिज हुने

काठमाडौं- नेपाली चलचित्र ‘माइतीघर’को छायांकन ३२ दिनमा सम्पन्न भएको निर्माण पक्षले जनाएको छ। अब दुई गीतको मात्र छायांकन बाँकी रहेको निर्माता रोहित अधिकारीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

चलचित्रको छायांकन म्याग्दीको ताकम, धारपानी गाउँ र दरबाङस्थित तातोपानी क्षेत्रमा गरिएको हो। मिलन तामाङको निर्देशनमा बनेको चलचित्रमा केदार घिमिरे (माग्ने बुढा), धिरज मगर, प्रकाश सपूत, उपासना सिंह ठकुरी, बुद्धि तामाङलगायत कलाकारको अभिनय रहनेछ।

रोहित अधिकारी फिल्मसको ब्यानरमा निर्माण भइरहेको चलचित्रमा सुसन प्रजापतिको छायांकन रहेको छ। सह–निर्मातामा रविन शेरचन र धीरज तामाङ, कार्यकारी निर्मातामा ईश्वर श्रेष्ठ र नीरज कटुवाल रहेका छन्।

चलचित्रको नाम पुरानो ‘माइतीघर’ जस्तै भए पनि यसको कथावस्तु फरक रहेको र सिर्जना नयाँ भएको निर्माता अधिकारीले स्पष्ट पारेका छन्। यद्यपि, चलचित्रको शीर्ष गीत पुरानो ‘माइतीघर’कै हुनेछ।

चलचित्र दसैँको फूलपातीको दिन रिलिज हुने निर्माण पक्षले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?