काठमाडौं- घर–परिवारमा धेरैजसो पटक लसुन, प्याज वा आलु लामो समयसम्म भण्डारण गर्दा त्यसमा टुसा उम्रिएको देखिन्छ। धेरैले सोच्दछन् कि टुसा उम्रिए पनि त्यसलाई फाल्नुको सट्टा चिउरा, तरकारी वा अन्य परिकारमा प्रयोग गरिन्छ भने केहीले भने सावधानी अपनाएर त्यस्ता टुसाएका सामग्री प्रयोग गर्न नहुने सल्लाह दिन्छन्। तर, वैज्ञानिक दृष्टिकोणले हेर्दा टुसा उम्रिएका तरकारी वा मसला सामग्रीहरू स्वास्थ्यका लागि साँच्चिकै कति हानिकारक छन् त?
१.टुसा उम्रेको आलु : ‘साइलानिन’ नामक विषालु तत्वको खतरा
टुसा लागेको आलु स्वास्थ्यका लागि निकै हानिकारक मानिन्छ। टुसा उम्रिसकेपछि आलुमा ‘सोलानिन’ (Solanine) भन्ने विषालु तत्व बन्न थाल्छ, जुन न्युरोटक्सिक हुन्छ।
सोलानिन पाचन प्रणाली, स्नायु प्रणाली र रक्त प्रणालीमा असर पुर्याउने खालको विष हो। यदि धेरै मात्रामा टुसा लागेको आलु खाइयो भने मानिसमा विषाक्तताको लक्षण देखा पर्न सक्छ, जसमा निम्न लक्षणहरू देखिन सक्छन् :
वाकवाकी लाग्ने र बान्ता
पेट दुख्ने र बिघ्रिएको पाचन
टाउको दुख्ने
थकाइ महसुस हुने
शरीर सुन्निनु
कहिलेकाहीं गम्भीर अवस्थामा अचेत हुने वा श्वासप्रश्वासमा समस्या आउन सक्छ
विशेषज्ञहरूका अनुसार टुसा देखिएको भाग काटेर फाले पनि सोलानिन बाँकी भागमा फैलिइसकेको हुन सक्छ। त्यसैले सुरक्षित उपायका लागि टुसा लागेको आलु पूर्ण रूपमा प्रयोग नगर्नु उपयुक्त हुन्छ।
२. टुसा उमारेको प्याज : झनै खतरनाक हुन सक्छ
प्याज लामो समय भण्डारण गरिएपछि त्यसमा पनि टुसा उम्रीन्छ। तर प्याजमा भने टुसा उम्रनु मात्रले त्यसमा विष बनाउँछ भन्ने प्रमाण बलियो छैन।
तर टुसा उम्रिएको प्याज गन्हाउने, चिल्लो हुने र छोपिएको भागहरू नरम हुने हुन सक्छ, जसले ब्याक्टेरिया र फङ्गसको विकास गर्न सक्छ।
यस्ता प्याज खानाले पेटको संक्रमण, फुड पोइजनिङ, अपच, एसिडिटी तथा बान्ता हुने सम्भावना बढ्छ। यदि प्याजको रंग, गन्ध वा बनावट अस्वाभाविक लागेमा त्यसलाई नखाने सल्लाह दिइन्छ।
३. टुसा उम्रिएको लसुन : लाभदायक वा हानिकारक?
लसुन भने टुसा उम्रिए पनि त्यसमा विषालु तत्वको विकास हुँदैन। बरु केही वैज्ञानिक अध्ययनहरू अनुसार टुसा लागेको लसुनमा एण्टीअक्सिडेन्ट गुण बढ्ने सम्भावना हुन्छ।
यसको अर्थ, टुसा लागेको लसुनले शरीरमा मुक्त अणुहरू (free radicals) विरुद्ध लड्न सहयोग पुर्याउन सक्छ, जसले हृदयघात, क्यान्सर वा छालासम्बन्धी रोगहरू कम गर्ने सम्भावना देखाइएको छ।
तर यो सबै कुरा भण्डारण अवस्था, नमी, तापक्रम र उम्रीएको समयमा निर्भर गर्छ। लामो समय कुहिएको वा नरम भइसकेको लसुन भने स्वास्थ्यका लागि हानिकारक हुन सक्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया