मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आइपिएल दोस्रो क्वालिफायरमा आज पञ्जाब र मुम्बई आमनेसामने

काठमाडौँ– भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो क्वालिफायरको खेल हुँदैछ । खेल अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा बेलुका पौने ८ बजेदेखि सुरु हुनेछ ।

यस महत्त्वपूर्ण खेलमा पञ्जाब किङ्स र मुम्बई इन्डियन्स भिड्दै छन् । पहिलो क्वालिफायरमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) सँग हार बेहाेरेपछि पञ्जाबले फाइनल पुग्ने ​दोस्रो मौका पाएको हो ।

मुम्बईले एलिमिनेटर खेलमा गुजरात टाइटान्सलाई हराएर दोस्रो क्वालिफायरमा आफ्नो स्थान सुनिश्चित गरेको थियो । पहिले नै फाइनलमा प्रवेश गरिसकेको बेंगलुरुले विजेतासँग मंगलबार सोही मैदानमा उपाधि जित्ने ठूलो लडाईंमा सामना गर्नेछ । त्यसैले आजको खेलले मात्र फाइनलको बाटो तय गर्नेछ ।

यस सिजनको लिग चरणमा पञ्जाब र मुम्बईबीच भएको एकमात्र खेलमा पञ्जाबले मुम्बईलाई ८ विकेटले सहजरूपमा पराजित गरेको थियो । त्यसैले आजको भिडन्तमा पञ्जाब आफ्नो जितलाई दोहोर्याउन खोज्नेछ । मुम्बई आज त्यसको बदला लिएर फाइनलमा पुग्ने लक्ष्य राखेको छ ।

आइपिएलको यो निर्णायक खेलमा दुवै टिमका मुख्य खेलाडीको प्रदर्शन र रणनीतिले ठूलो भूमिका खेल्नेछ, जसले दर्शकलाई उत्कृष्ट क्रिकेटको अनुभव दिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?