मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

हिप्पोफे: हिमाली क्षेत्रमा पाइने पोषणले भरिएको औषधीय फल

काठमाडौं- नेपालको उच्च हिमाली भेगहरूमा पाइने एक अमूल्य वनस्पति हो। हिप्पोफे जसलाई स्यान्डथोर्न वा सीबेरी पनि भनिन्छ।

प्राकृतिक औषधिय गुणले भरिपूर्ण यो झाडी प्रजातिको बिरुवा विशेषगरी मुस्ताङ, मनाङ, डोल्पा, र रासुवाका उचाइयुक्त क्षेत्रहरूमा पाइन्छ।यो बिरुवाका साना पहेँलासुन रङ्गका फलहरू अत्यन्त पौष्टिक, औषधीय गुणले भरिपूर्ण र स्वास्थ्यका दृष्टिले निकै लाभदायक मानिन्छन्। पश्चिमी देशहरूमा यसलाई सुपरफूडको रूपमा लिइन्छ भने नेपालमा यसको वैज्ञानिक र व्यावसायिक महत्त्व विस्तार हुँदै गएको छ।

हिप्पोफे के हो?
हिप्पोफे एक प्रकारको झाडी हो जसमा काँडाहरू हुन्छन् र सानो अण्डाकार पहेंलो वा सुनौलो रङका फलहरू फुल्छन्। यसको वैज्ञानिक नाम Hippophae rhamnoides हो। यसमा प्रशस्त मात्रामा भिटामिन सी, इ, ओमेगा ३, ६, ७ र ९ साथै antioxidants, flavonoids र essential fatty acids पाइन्छन्।

हिप्पोफेका प्रमुख फाइदाहरू:
प्रतिरक्षा प्रणाली मजबुत पार्ने:
हिप्पोफेमा पाइने उच्च मात्रा Vitamin C र antioxidants ले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।

छालाको सौन्दर्य र उपचारमा उपयोगी:
यसको तेल छालामा लगाउँदा घाउ निको पार्ने, दाग घटाउने र छालालाई चम्किलो बनाउने असर देखिन्छ।

मुटु स्वास्थ्यका लागि लाभदायक:
यसमा रहेको Omega fatty acids ले रक्तचाप नियन्त्रण गर्ने र कोलेस्ट्रोल घटाउने काम गर्छ।

पाचन प्रणाली सुधार गर्ने:
हिप्पोफेले पेटलाई सफा राख्न, ग्यास्ट्रिकको समस्या कम गर्न र पाचनलाई सन्तुलित राख्न मद्दत गर्छ।

क्यान्सरको जोखिम घटाउने सम्भावना:
यसमा रहेका bioactive compounds ले क्यान्सरजन्य कोषहरूको वृद्धिलाई रोक्ने सम्भावना देखाइएको छ।

डायबेटिजमा सहयोगी:
यसले ब्लड सुगरलाई सन्तुलनमा राख्न सक्ने भएकाले मधुमेहका रोगीका लागि फाइदाजनक मानिन्छ।

थकान कम गर्ने र ऊर्जा दिने:
सीबेरीको नियमित सेवनले मानसिक र शारीरिक थकान घटाउने प्रभाव देखिन्छ।

गर्भवती महिलाका लागि हिप्पोफे: खान मिल्छ कि मिल्दैन?
गर्भावस्थामा महिला शरीरलाई उच्च पोषण आवश्यक हुन्छ। हिप्पोफे त्यस्तो फल हो जसले शरीरलाई अत्यन्तै उपयोगी पोषण दिन सक्छ। तर यसका बारेमा गर्भवती महिलाले के ध्यान दिनुपर्छ?

फाइदा:
हिप्पोफेमा भएको Vitamin C र Iron ले रगतको निर्माणमा सहयोग गर्छ।
यसमा पाइने Omega 7 ले गर्भावस्थाको छालामा आउने परिवर्तन (जस्तै स्ट्रेच मार्क्स) कम गर्न सहयोग गर्न सक्छ।
यसको antioxidant गुण ले आमाको प्रतिरक्षा प्रणाली मजबुत बनाउँछ।

सावधानी चाहिने कुरा:
हिप्पोफे अत्यधिक शक्तिशाली पौष्टिक तत्वहरू बोकेको हुनाले, अधिक मात्रामा खाँदा केही मानिसलाई एसिडिटी वा एलर्जी हुन सक्छ।
गर्भावस्थाको सुरुवाती वा संवेदनशील अवस्थाहरूमा चिकित्सकको सल्ला बिना हिप्पोफे सेवन गर्नु उपयुक्त हुँदैन।
विशेष गरी हिप्पोफेको तेल (Seaberry oil) गर्भवती महिलाले प्रयोग गर्दा चिकित्सकको सल्ला लिनु राम्रो हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?