मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

टंक धमलाको ‘कामा’ बेलायती अवार्डमा मनोनीत

काठमाडौं- बेलायतमा रहेका नेपाली अभिनेता टंक धमला अभिनीत बेलायती फिचर फिल्म ‘कामा’ ले ‘नेशनल फिल्म अवार्ड्स युके २०२५’ मा ‘वेस्ट इन्डिपेन्डेन्ट फिल्म’ विधामा मनोनयन प्राप्त गरेको छ।

भीमसेन लामाको निर्देशनमा तयार भएको यो फिल्ममा धमलासँगै समीर गुरुङ, पूजा गुप्ता, म्याथ्यु वेबफोर्ड, जेमिमा टोम्स र मिया बेनेटले पनि प्रमुख भूमिका निर्वाह गरेका छन्। टंक धमलाले यसअघि डिसेम्बर २०२४ मा इटालीको मिलान फिल्म फेस्टिभलमा ‘उत्कृष्ट अंग्रेजी भाषाको फिचर फिल्म अभिनेता’ को अवार्ड जितेका थिए।

फिल्मका कार्यकारी निर्माता बिक्रम डि. जोशी हुन् भने कथा स्व. बिशारद बस्नेतले लेखेका हुन्। पटकथा र संवाद लक्ष्मण सुवेदी, बिक्रम डि. जोशी र हिराल जोशीले तयार पारेका छन्।

‘कामा’ ले ‘ट्रेडिङ वाटर’, ‘डिमाइस’, ‘बिफोर निक्काहा’, ‘ब्ल्याक क्याव’ लगायतका फिल्महरूसँग कडा प्रतिस्पर्धा गर्दैछ। यो अवार्ड बेलायतको सबैभन्दा जनमतमा आधारित प्रतिष्ठित फिल्म अवार्ड हो जहाँ ३० लाखभन्दा बढी दर्शकले भोट गर्छन्।

धमलाले फिल्मलाई भोट गर्न सम्पूर्ण नेपाली समुदायलाई आग्रह गरेका छन्। उनी आगामी २ जुलाईमा लन्डनमा आयोजना हुने अवार्ड समारोहमा सहभागी हुँदै ‘कामा’ को प्रतिनिधित्व गर्नेछन्।

यो मनोनयनले नेपाली फिल्म उद्योगलाई अन्तर्राष्ट्रिय पहिचान दिलाएको छ र आगामी दिनमा विश्व मञ्चमा नेपाली सिनेमा प्रस्तुत गर्न थप प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?