मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सबैभन्दा बढी पारिश्रमिक लिने बलिउड अभिनेत्रीहरू

काठमाडौं- बलिउड फिल्म उद्योग केवल ग्ल्यामरको संसार मात्र होइन। यो अब एक उच्च पारिश्रमिकको प्रतिस्पर्धी क्षेत्र पनि बनेको छ। विशेषगरी अभिनेत्रीहरूको पारिश्रमिक पछिल्ला केही वर्षमा उल्लेखनीय रुपमा बढेको छ। उनीहरूले अभिनय मात्र होइन, ब्रान्ड एम्ब्यासडर, उत्पादन कम्पनी सञ्चालन र ग्लोबल प्रोजेक्टहरूमा समेत महत्वपूर्ण भूमिका खेल्दै आएका छन्।

सन् २०२५ मा कुन बलिउड अभिनेत्रीले कति पारिश्रमिक लिएकी छन् भनेर बुझ्न यहाँ प्रस्तुत गरिएको छ। उनीहरूको फिल्म, ब्रान्ड भ्यालु, अभिनय क्षमताका आधारमा तयार पारिएको विस्तृत सूची:

१. दीपिका पादुकोण – १५–३० करोड प्रति फिल्म
दीपिका अहिले बलिउडकी सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेत्री हुन्। ‘पठान’, ‘जवान’, ‘छपाक’, ‘पद्मावत’ जस्ता ब्लकबस्टर र चुनौतीपूर्ण फिल्महरूमा काम गरेकी दीपिका अहिले ‘कल्कि २८९८ ए.डी.’ र ‘सिंघम अगेन’ जस्ता महत्त्वपूर्ण फिल्म परियोजनामा व्यस्त छिन्। उनको अभिनय क्षमता, ग्लोबल अपिल, र ब्रान्ड वैल्यूले उनलाई फिल्म निर्माता र निर्देशकहरूको पहिलो रोजाइ बनाएको छ। उनको लोकप्रियता भारतमै सीमित छैन। उनी विश्वमै भारतीय फिल्म उद्योगको प्रतिनिधित्व गरिरहेकी छन्।

२. कंगना रनौत – १५–२७ करोड प्रति फिल्म
कंगना रनौत आफ्नो निडर स्वभाव र दमदार अभिनयका लागि चर्चित छिन्। ‘क्वीन’, ‘तनु वेड्स मनु’, ‘मणिकर्णिका’ जस्ता फिल्महरूले उनको अभिनय कौशल प्रमाणित गरिसकेको छ। महिला प्रधान विषयवस्तुमा केन्द्रित फिल्म निर्माण गर्ने साहसका कारण उनी “वुमन-सन्ट्रिक सिनेमा” की अगुवा मानिन्छिन्। उनको आफ्नै प्रोडक्सन हाउस मार्फत फिल्म बनाउने क्रममा पनि उनले अभिनेत्रीका हैसियतमा ठूलो पारिश्रमिक लिने गरेकी छन्।

३. प्रियंका चोपड़ा – १५–२५ करोड प्रति फिल्म
प्रियंका अहिले बलिउड मात्र होइन। हलिउडमा समेत स्थापित नाम हो। ‘मेरी कोम’, ‘बाजीराव मस्तानी’, ‘डन’, ‘फैशन’ जस्ता प्रशंसित फिल्महरूमा अभिनय गरेकी प्रियंकाले ‘Quantico’, ‘The White Tiger’, ‘Love Again’ लगायतका अन्तर्राष्ट्रिय प्रोजेक्टहरूमा पनि काम गरेकी छन्। उनले हालै ‘सिटाडेल’ जस्ता हलिउड प्रोजेक्टमा समेत शानदार काम गरेकी छिन्। उनी महिला सशक्तिकरणको आवाज र विश्वब्यापी ब्रान्ड एम्ब्यासडरका रूपमा समेत परिचित छन्।

४. कट्रिना कैफ- १५–२५ करोड प्रति फिल्म
कट्रिना ‘एक था टाइगर’, ‘भारत’, ‘जब तक है जान’, ‘मैने प्यार क्यूँ किया’ जस्ता दर्जनौं सफल फिल्ममा देखिएकी छन्। उनको ग्ल्यामर, डान्सिङ स्किल र अभिनयले उनी बलिउडकी शीर्ष अभिनेत्रीहरूको सूचीमा लामो समयदेखि कायम छन्। उनले ‘फोन भूत’ जस्तो फरक शैलीको फिल्ममा पनि प्रयोग गरेकी छन्। उनी अहिले पनि ठूला प्रोजेक्टमा लिड अभिनेत्रीका रूपमा काम गरिरहेकी छन्।

५. आलिया भट्ट- १०–२० करोड प्रति फिल्म
युवा पुस्ताको आइकनका रूपमा स्थापित आलियाले ‘राज़ी’, ‘गली बॉय’, ‘डिअर जिन्दगी’, ‘गंगूबाई काठियावाडी’ जस्ता दमदार फिल्महरूमा अभिनय गरेकी छन्। उनी मात्र अभिनेत्री नभएर अब निर्माता पनि बनेकी छन्। आलियाले ‘हार्ट ऑफ स्टोन’ नामक हलिउड फिल्ममार्फत अन्तर्राष्ट्रिय डेब्यू गरेकी छन्। उनी छिट्टै ‘जिगर’, ‘जी ले जरा’ लगायत बहुप्रतिक्षित फिल्महरूमा देखिनेछिन्।

६. करीना कपूर खान – ८–१८ करोड प्रति फिल्म
करीनाले दुई दशकभन्दा बढी समयदेखि बलिउडमा आफ्नो दबदबा कायम राखेकी छन्। ‘जब वी मेट’, ‘ओमकारा’, ‘वीरे दी वेडिङ’ जस्ता फिल्महरूमा प्रभावशाली अभिनय गरेकी करीनाको ब्रान्ड भ्यालु अझै उच्च छ। उनी मातृत्वपछिको अभिनय यात्रामा पनि उत्कृष्टता कायम राख्न सफल भएकी छन्। उनले नेटफ्लिक्सको ‘जाने जान’ मा गरेको अभिनयलाई आलोचकहरूले प्रशंसा गरेका थिए।

७. श्रद्धा कपूर- ७–१५ करोड प्रति फिल्म
श्रद्धाले ‘आशिकी २’, ‘स्त्री’, ‘चिछोरे’, ‘एक भिलेन’ जस्ता फिल्महरूमा अभिनय गरेकी छन्। उनी नयाँ पुस्तामाझ लोकप्रिय छन् र रोमान्टिक तथा होरर–कमेडी फिल्महरूको रोजाइमा पर्छिन्। उनको सौम्य अभिनय शैली र फ्यान फलोइङका कारण उनले उल्लेखनीय पारिश्रमिक लिन थालेकी छन्।

८. विद्या बालन – ८–१४ करोड प्रति फिल्म
‘द डर्टी पिक्चर’, ‘कहानी’, ‘शकुंतला देवी’ जस्ता महिला केन्द्रित र थ्रिलर फिल्महरूमा अभिनय गरेकी विद्याले महिला पात्रलाई बलियो ढंगमा प्रस्तुत गर्ने गर्छिन्। उनले पारंपरिक हिरोइनको छवि तोडेर आफूलाई भिन्न किसिमले बलिउडमा स्थापित गरेकी छन्। विद्या फिल्म मात्र होइन, ओटीटीमा समेत सफल रहेकी छन्।

९. अनुष्का शर्मा- ८–१२ करोड प्रति फिल्म
अनुष्काले ‘एनएच१०’, ‘परी’, ‘फिल्लौरी’, ‘सुई धागा’ जस्ता फिल्महरूमा अभिनय गरेर फरक र चुनौतीपूर्ण भूमिका निभाएकी छन्। उनको आफ्नै प्रोडक्सन कम्पनी ‘क्लीन स्लेट फिल्म्ज’ मार्फत उनले ‘पाताल लोक’, ‘बुलबुल’ जस्ता सफल प्रोजेक्टहरू निर्माण गरेकी छन्।

१०. ऐश्वर्या राय बच्चन-१० करोड प्रति फिल्म
विश्व सुन्दरीबाट बलिउडको ग्ल्यामरस अभिनेत्री बनेकी ऐश्वर्याले ‘देवदास’, ‘जोधा अकबर’, ‘गुरु’ जस्ता कलात्मक र ऐतिहासिक फिल्महरूमा अभिनय गरेकी छन्। उनको सौन्दर्य, अभिनय कौशल र अन्तर्राष्ट्रिय प्रभावका कारण आज पनि ऐश्वर्या उच्च पारिश्रमिक लिने अभिनेत्रीमध्येकै एक हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?