मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

एनिमल डाइरेक्टर नयाँ फिल्ममा ‘किसिङ गर्ल’लाई दिए ठुलाे भुमिका

काठमाडौँ – निर्देशक सन्दीप रेड्डी वांगाको अत्यधिक प्रतिक्षित पुलिस एक्शन थ्रिलर स्पिरिट विगत केही दिनदेखि महिला मुख्य भूमिका खोजी भइरहेको थियो ।

म्याभरिक फिल्म निर्माताले अन्ततः पान इन्डिया सुपरस्टार प्रभासलाई रोमान्स गर्न आधिकारिक रूपमा नयाँ हिरोइनलाई लक गरेका छन्।

सन्दीप रेड्डी वाङ्गाले सामाजिक सञ्जालमा घोषणा गरे अनुसार अब प्रभासको ओपिजिटमा तृप्ति डिमरी हुने भएकी छिन । यसअघि वलिउड अभिनेत्री दीपिका पादुकोण प्रभासको मुख्य नायिका हुने चर्चा चले पनि अन्ततः एनिमलकी ‘किसिङ गर्ल’ तृप्तीले बाजी मारेकी हुन् ।

‘स्पिरिट’ मा तृप्तीको सन्दीप वांगासँग एनिमल (२०२३) पछिको दोस्रो फिल्म हो भने र प्रभाससँगको उनको पहिलो फिल्म हो। चलचित्रमा ठूला कलाकारको सहभागिता रहनेछ र निर्माताहरुले समयमै यसको लागि आधिकारिक घोषणा गर्नेछन् ।

आगामी फिल्म टी–सिरिज र भद्रकाली पिक्चर्सले निर्माण गर्नेछ । चलचित्रको सुटिङ यसै वर्षको सेप्टेम्बर र अक्टोबरबाट सुरु हुने र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भाषामा रिलिज हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?