मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

वरुण चौधरीको कान्स फिल्म फेस्टिभलमा सहभागिता

फ्रान्स- सिनेमा सर्कल नेपालको संरक्षक तथा चौधरी ग्रुपका प्रवन्ध निर्देशक वरुण चौधरीले यस वर्षको प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा सहभागिता जनाएका छन्।

फ्रान्स–नेपालको एलजी सिने सर्कल अवार्डको आयोजक संस्था सिनेमा सर्कल नेपालमार्फत उनले नेपाली सिनेमाको अन्तर्राष्ट्रिय पहिचान विस्तारको उद्देश्यसहित उपस्थित जनाएका हुन्।

सामाजिक सञ्जालमार्फत चौधरीले भनेका छन्, “कान्समा हुनु केवल उपस्थितिको कुरा थिएन, यो उद्देश्यको विषय थियो। कान्स त्यो मञ्च हो, जहाँ संस्कृति, सिर्जनशीलता र प्रभाव एकत्रित हुन्छन्।” उनले सशक्त कथाहरूले भविष्य निर्माण गर्न सक्ने विश्वास व्यक्त गर्दै नेपाली सिनेमा विश्वमञ्चमा पुर्‍याउन निरन्तर प्रयास आवश्यक रहेको उल्लेख गरे।

नेपालको सिर्जनात्मक क्षमतालाई विश्वसामु प्रस्तुत गर्न पाउँदा गर्व लागेको चौधरीले बताए। साथै, नेपाली फिल्मले ‘दिल र उद्देश्य’का साथ दिएको सन्देशलाई उजागर गर्ने प्रतिबद्धता पनि इन्स्टाग्राममार्फत व्यक्त गरे।

उनी श्रीमती अनुश्री चौधरीसँगै उक्त भव्य समारोहमा सहभागी भएका थिए। फेस्टिभलमा अभिनेता प्रदीप खड्का तथा फिल्म ‘एक्लो’का निर्माता प्रदीप शाहीले पनि सहभागिता जनाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?