काठमाडौं- फिल्म ‘माइतीघर’बाट अभिनेता केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’को शिवभक्त बाबाको लुक्स सार्वजनिक भएको छ। जटाधारी स्वरूप, हातमा त्रिशुल-डमरु, र रुद्राक्ष माला सहितको उनको रूप दर्शकबीच चर्चाको विषय बनेको छ।
हाल म्याग्दीको दरबाङ क्षेत्रमा छायांकन भइरहेकाे फिल्मको ८० प्रतिशत काम सकिएको छ। बाँकी गीतहरू कास्कीको सिक्लेस र बेगनास तालमा छायांकन हुनेछन्।
धीरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, बुद्धि तामाङ लगायतको अभिनय रहने फिल्म दशैंको फूलपातिमा प्रदर्शन हुने बताइएको छ। निर्देशक मिलन तामाङ, छायाकार सुसन प्रजापति, र निर्माता रोहित अधिकारीको यो चौंथो प्रोजेक्ट हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया