मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अल्लोबाट धागो बनाउन सिक्दै महिला

फुङ्लिङ – यहाँको मैवाखोला गाउँपालिकाका महिला अहिले जङ्गलमा पाइने भाङ्ग्रे सिस्नु ‘अल्लो’लाई धागो बनाउने सीप सिकिरहेका छन् । स्थानीय स्रोतसाधनको सदुपयोग गर्दै आर्थिक रूपले कमजोर महिलालाई सशक्त बनाउने अभियानमा गाउँपालिकाले सहयोग गरेको छ ।

गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमका अनुसार अल्लोलाई ब्राण्डिङ गर्दै गाउँमै उत्पादन र रोजगारी सिर्जना गर्ने लक्ष्यसाथ यो अभियान तीन वर्षअघि सुरु गरिएको हो । “पहिले अल्लो जङ्गलमा खेर जान्थ्यो, अहिले त्यसैबाट धागो बुनिन्छ र कपडा तयार गरिन्छ”, अध्यक्ष वनेमले भने ।

विसं २०७९÷८० मा सुरु भएको यस अभियानमा गाउँपालिकाले दर्खास्त आह्वानमार्फत सबै वडाबाट सहभागी सुनिश्चित गर्दै अल्लोबाट धागो बनाउने तालिम दिएको थियो । विसं २०८०÷८१ मा उक्त धागोबाट कपडा बुन्ने सीप प्रदान गरियो ।

चालु आर्थिक वर्षमा भने तालिमको दायरा अझ फराकिलो बनाउँदै कपडालाई परिष्कृत रूप दिने गरी विस्तार गरिएको छ । तालिमसँगै सहभागीलाई व्यक्तिगत सिलाइबुनाइ मेसिन पनि प्रदान गरिएको छ ।

अध्यक्ष वनेमका अनुसार अब उत्पादनको गुणस्तर सुधार गर्न थप ‘पुनर्ताजगी तालिम’ दिने योजना बनाइएको छ । साथै, उत्पादित सामग्रीको बजारीकरणका लागि पालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । महिला सशक्तीकरण र ग्रामीण अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने गाउँपालिकाले अपेक्षा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?