मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपियाँ ३१ पैसा र बिक्रीदर १३७ रुपियाँ ९१ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिददर १५५ रुपियाँ २८ पैसा र बिक्रीदर १५५ रुपियाँ ९६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपियाँ २५ पैसा र बिक्रीदर १८५ रुपियाँ ०५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६६ रुपियाँ १६ पैसा र बिक्रीदर १६६ रुपियाँ ८९ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपियाँ २६ पैसा र बिक्रीदर ८८ रुपियाँ ६४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपियाँ ०५ पैसा र बिक्रीदर ९९ रुपियाँ ४८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपियाँ ३५ पैसा र बिक्रीदर १०६ रुपियाँ ८२ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ५६ पैसा र बिक्रीदर नौ रुपियाँ ६० पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ०६ पैसा र बिक्रीदर १९ रुपियाँ १४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ६१ पैसा र बिक्रीदर ३६ रुपियाँ ७७ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ६८ पैसा र बिक्रीदर ३७ रुपियाँ ८४ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ १८ पैसा र बिक्रीदर चार रुपियाँ २० पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ३८ पैसा र बिक्रीदर ३७ रुपियाँ ५५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ १२ पैसा र बिक्रीदर ३२ रुपियाँ २६ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ९४ पैसा र बिक्रीदर नौ रुपियाँ ९८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ३१ पैसा र बिक्रीदर १४ रुपियाँ ३७ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपियाँ ८२ पैसा र बिक्रीदर २० रुपियाँ ९१ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ५५ पैसा र बिक्रीदर १७ रुपियाँ ६२ पैसा, कुवेती दिनार एकको खरिददर ४४७ रुपियाँ ४५ पैसा र बिक्रीदर ४४९ रुपियाँ ४१ पैसा, बहराइन दिनार एकको खरिददर ३६४ रुपियाँ १९ पैसा र बिक्रीदर ३६५ रुपियाँ ७८ पैसा, ओमनी रियाल एकको खरिददर ३५६ रुपियाँ ६७ पैसा र बिक्रीदर ३५८ रुपियाँ २३ पैसा रहेको छ।

त्यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?