मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कान्स फेस्टिभलमा ऐश्वर्याको सिन्दूरसहितको उपस्थिति, डिभोर्सको हल्लामा पूर्णविराम

नयाँ दिल्ली- बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन हालै ७८ औं कान्स फिल्म फेस्टिभलमा भाग लिँदा बनारसी साडी र भारी गहनामा सजिएकी थिइन्। तर सबैभन्दा बढी ध्यान उनले सिउँदोमा लगाएको सिन्दूरले पाएको छ।

मनीष मल्होत्राद्वारा डिजाइन गरिएको हातले बुनेको आइभोरी बनारसी साडीमा अभिनेत्रीको उपस्थिति उल्लेखनीय रह्यो। अभिषेक बच्चनसँगको डिभोर्सको हल्लाबीच सिन्दूरसहित सार्वजनिक देखिएको यस लुकले ती हल्लाहरूलाई विराम दिएको मानिएको छ। कतिपयले यसलाई भारतको “अपरेसन सिन्दूर” को अन्तर्राष्ट्रिय प्रतिनिधित्वको रूपमा पनि हेरेका छन्।

घाँटीमा ठूलो रुबीको हार र औंलामा स्टेटमेन्ट औंठीसहितको उनको लुकले फेसन समीक्षकहरूलाई पनि प्रभावित पारेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?