मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चर्चित अमेरिकी कलाकार जर्ज वेन्ड्टको निधन

काठमाडौं – चर्चित अमेरिकी कलाकार जर्ज वेन्ड्टको ७६ वर्षको उमेरमा लस एञ्जलस्थित आफ्नै निवासमा निद्रामा रहँदै निधन भएको छ।

उनी चर्चित टेलिभिजन सिरियल ‘चियर्स’का मुख्य कलाकार थिए, जसले उनलाई व्यापक लोकप्रियता दिलाएको थियो। सिरियलका सहकलाकार टेड डान्सन र केल्सी ग्रामरले जर्जसँग बिताएका पलहरूलाई स्मरण गर्दै गहिरो शोक व्यक्त गरेका छन्।

बोस्टनमा ‘चियर्स’ सिरियलबाट प्रेरित भएर खोलिएको ‘बुल एण्ड फिन्च’ पबले जर्जको सम्झनामा एउटा कुर्सी र वियर समर्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ।

जर्जले सन् १९८२ देखि १९९३ सम्म ‘चियर्स’का २७५ एपिसोडमा अभिनय गरेका थिए। उनले सन् १९८४ देखि १९८९ सम्म लगातार एमी अवार्डको उत्कृष्ट सहायक हाँस्य अभिनेता विधामा मनोनयन प्राप्त गरेका थिए।

उनकी पत्नी बर्नाडेट बिर्केट पनि अभिनेत्री हुन्। उनीहरूका तीन सन्तान छन् भने अभिनेता जेसन सुडेकिस जर्जका काका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?