मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेपाली फिल्म ‘गाउँ आएको बाटो’ बेलायतमा प्रदर्शन हुँदै

बेलायत- नवीन सुब्बाको निर्देशनमा बनेको नेपाली फिल्म ‘गाउँ आएको बाटो’ बेलायतमा प्रदर्शन हुने भएको छ। बेलायतको वितरण कम्पनी अन्डरग्राउन्ड स्लेट ले दुई वर्षका लागि फिल्मको वितरण अधिकार किनेको हो।

फिल्म जुलाईको पहिलो सातादेखि बेलायतका ४० भन्दा बढी हलमा प्रदर्शन हुनेछ। अन्डरग्राउन्ड स्लेटका सह-संस्थापक ग्याब्रिएल वेट्जले नेपाली निर्देशकसँग सहकार्य गर्न पाउँदा आफू उत्साहित भएको बताएका छन्।

निर्देशक सुब्बाले नेपाली फिल्म अझै विश्वस्तरमा पर्याप्त रूपमा प्रस्तुत हुन नसकेको उल्लेख गर्दै, यस्तो अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताएका छन्। उनले फिल्मले नेपाली दृष्टिकोणबाट विश्वव्यापी विषयवस्तु प्रस्तुत गर्ने बताए।

बेलायतका लागि नेपाली राजदूत चन्द्र घिमिरेले यस्तो सांस्कृतिक आदानप्रदानले दुई देशबीचको सम्बन्ध अझ बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।

निर्माता अमोद राईका अनुसार फिल्म यसअघि हङकङ र थाइल्यान्डमा प्रदर्शन भइसकेको छ भने अस्ट्रेलिया र इटालीका लागि पनि वितरण सम्झौता भइसकेको छ।

दयाहाङ राई, पशुपति राई र प्रसन राई मुख्य भूमिकामा रहेको फिल्मले गाउँमा पुगेको सडकले एक परिवारमा ल्याएको परिवर्तन र त्यसले निम्त्याएको चुनौतीलाई चित्रण गर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?