मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

प्रधानन्यायाधीश राउतद्वारा नवनियुक्त गभर्नरमा डा पौडेललाई शपथ

काठमाडौँ- प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले नेपाल राष्ट्र बैंकको नवनियुक्त गभर्नर डा.विश्व पौडेललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्। सर्वोच्च अदालतमा आज आयोजित समारोहमा प्रधानन्यायाधीश राउतले अर्थविद् डा.पौडेललाई शपथ ग्रहण गराएका हुन्।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्थविद् डा.पौडेललाई गभर्नर पदमा नियुक्त गर्ने निर्णय गरेको थियो।

सरकारले गभर्नर चयनका लागि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?