मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सिधै ग्यासको आगोमा पकाएको रोटि खाँदा स्वास्थ्यमा पर्ने असर : कुन रोग लाग्न सक्छ ?

काठमाडौँ- सहरमा बस्ने धेरैजसो परिवारले दैनन्दिन जीवनमा एलपी ग्यास प्रयोग गर्छन्। विशेषतः दाल, भात, तरकारीसँगै रोटि पनि दैनिक रूपमा खाइने भएकाले धेरैले ग्यासको सिधै ज्वालामा रोटि सेक्ने गर्छन्।

यसरी ग्यासको नाङ्गो ज्वालामा सिधै रोटि पकाउँदा झन् चिटिक्क परेको, छिटो पाक्ने, र स्वादिलो लाग्ने भए पनि यो स्वास्थ्यका लागि हानिकारक हुन सक्छ।

वैज्ञानिक दृष्टिकोण
ग्यासको नाङ्गो आगोमा रोटि पकाउँदा त्यसमा कार्बनयुक्त पदार्थ जल्दा ‘कार्सिनोजेन’ भन्ने विषालु तत्व उत्पादन हुन्छ। कार्सिनोजेन भनेको त्यस्तो रसायन हो जसले क्यान्सरको सम्भावना बढाउने गर्दछ। यसले शरीरमा गई कोशिकाहरूमा अस्वाभाविक परिवर्तन ल्याउन सक्छ जसले दीर्घकालीन रूपमा स्वास्थ्यमा गम्भीर असर पुर्‍याउन सक्छ।

रोटिको सतहमा हुने रासायनिक परिवर्तन
जब रोटिको सतह ग्यासको सिधा आगोमा पर्दछ, त्यसले जल्ने प्रक्रिया शुरू गर्छ। यो प्रक्रिया पूर्ण रूपमा भएको छैन भने त्यसमा कालो तह जम्छ, जसलाई ‘acrylamide’ भनिने विषालु पदार्थ बन्न सक्छ। यस्ता पदार्थहरू मुटु रोग, पाचन प्रणालीसम्बन्धी समस्या, र क्यान्सरसम्म गराउन सक्ने खतरा बोकेको हुन्छन्।

कुन-कुन रोगको जोखिम बढ्छ?
क्यान्सर: मुख्य रूपमा पेट, आन्द्रा र मुखको क्यान्सरको सम्भावना बढाउन सक्छ।
पाचन प्रणालीमा गडबडी: अधपाकेको वा जलिसकेको रोटिले पाचनमा समस्या ल्याउन सक्छ, जसले ग्यास, अपच र एसिडिटी बढाउँछ।
मुटु रोग: लगातार यस्ता पदार्थहरू सेवन गर्दा रक्तनलीमा असर पुगेर मुटु सम्बन्धी समस्याहरू देखा पर्न सक्छन्।
छाला र श्वासप्रश्वासको समस्या: जलनबाट निस्कने धुवाँ वा विषालु पदार्थले छालामा एलर्जी तथा स्वासप्रश्वासमा असर पार्न सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?