मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सुन तस्करी अभियोगमा अभिनेत्री रान्या रावलाई सशर्त जमानत

एजेन्सी- कन्नड अभिनेत्री रान्या रावलाई सुन तस्करी मुद्दामा मंगलबार आर्थिक अपराध अदालतले सशर्त जमानत दिएको छ। अदालतले दुई जना जमानतकर्ता र २ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।

उनीसँगै अभियुक्त तरुण कोन्डराजुले पनि जमानत पाएका छन्। रावलाई १४.८ किलो सुनसहित मार्च ३ मा बेंगलुरु विमानस्थलमा पक्राउ गरिएको थियो। बरामद सुनको मूल्य झण्डै १२ करोड रुपैयाँ रहेको छ।

जमानत पाएका भए पनि उनी हाल हिरासतमा नै छन्, किनभने केन्द्रीय एजेन्सीले विदेशी मुद्रा संरक्षण तथा तस्करी रोकथाम ऐनअन्तर्गत अर्को मुद्दा दर्ता गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?