मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मोहनलालको थुडारमले बेच्यो ८० लाख टिकट, बनायाे रेकर्डै रेकर्ड

काठमाडौँ – मलायालम सुपरस्टार मोहनलालको अर्को फिल्मले पनि नयाँ रेकर्ड बनाएको छ । मेगा ब्लकबस्टर ‘थुडारम’ले बक्स अफिसमा रेकर्ड तोड्दै मलयालम सिनेमाको इतिहास पुनः लेखेको छ ।

खासमा उनको दुई महिना अघि ‘एम्पुरान’ ले २ सय करोड नघाएको थियो, अहिले फेरी ‘ब्याक–टू–ब्याक ब्लकबस्टर’ फिल्म दिन उनी सफल भएका हुन् ।

थुडारमले मोलिउड सिने व्यापारलाई चकित पारेको छ र गृह राज्य केरलामा शीर्ष १०० करोड कमाउने पहिलो फिल्मको नयाँ रेकर्ड कायम गरेको छ। थुडारामले अनलाइन टिकटिङ प्लेटफर्म बुक माइ शोमा सबैभन्दा धेरै टिकटहरू बेच्दै मलायालम सिने उद्योगको लागि एक प्रमुख माइलस्टोन सिर्जना गरेको हो।

थारुण मूर्थी द्वारा निर्देशित यो फिल्मले प्लेटफर्ममा हालसम्म लगभग ४.३५ मिलियन टिकट अर्थात ४३.५ लाख बेच्न सफल भएको छ। मलायालमको बक्स अफिसमा सबैभन्दा हिट फिल्म ‘मन्जुम्मेल ब्वाईज’ लाई उछिनेको छ । जुन फिल्मले बुक माइ शोवाट लगभग ४२ लाख टिकटहरू बेचेर बनाएको रेकर्ड मोहनलालको ‘थुडारम’ले तोडेको छ ।

सैकनिल्कका अनुसार थुडारमले अनलाइन र अफलाइन गरी लगभग ८० लाख टिकट बिक्री गरिसकेको छ। बक्स अफिसमा ड्रामा थ्रिलरले २४ दिनमा भारतीय बक्स अफिसमा हालसम्म १३१.५० करोड कमाई सहित विश्वव्यापी रूपमा लगभग २२३ करोड कमाइसकेको छ ।

फिल्म विश्वव्यापी रूपमा लगभग २४० करोड यात्रातर्फ अघि बढिरहेको छ । मन्जुम्मेल ब्वाईज (२४१ करोड) र एमपुरान (२६७ करोड) पछि दोस्रो ठूलो मलयालम कमाई गर्ने दिशामा यो चलचित्र अघि बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?