मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बबिना भट्टराईको भजन ‘हे हरि’ सार्वजनिक

काठमाडौँ – गायिका तथा संगीतकार बबिना भट्टराईको नयाँ भजन ‘हे हरि’ सार्वजनिक गरिएको छ। आफ्नै स्वर, संगीत र शब्दमा तयार पारिएको यो भजन बबिनाको आध्यात्मिक युट्युब च्यानल ‘श्री भजन्स्’ मार्फत सार्वजनिक भएको हो।

भगवान श्री हरि प्रति समर्पित यस भजनमा भक्तिले भरिएको पश्चात्ताप, आत्मबोध र ईश्वरप्राप्तिको तृष्णा अभिव्यक्त गरिएको छ। काठमाडौँको गोकर्णमा छायांकन गरिएको भिडियोमा बबिना भट्टराई स्वयं अभिनय गरेकी छन्। भिडियोको निर्देशन ए.जे. अजुले गरेका हुन् भने सम्पादन अनिल विष्ट प्युठानीले गरेका हुन्।

बबिना भट्टराईले यसअघि पनि श्रीकृष्ण, श्रीराम, महादेव लगायतका विषयमा भजनहरू प्रस्तुत गरिसकेकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?