काठमाडौँ- चाउमिन नेपाली बजारमा अत्यधिक रुचाइने र सर्वसुलभ खानाको रूपमा चिनिन्छ। विशेषगरी बालबालिका, किशोरकिशोरी तथा युवावर्गमा यसको अत्यधिक क्रेज देखिन्छ।
सस्तो, चाँडो तयार हुने र स्वादिलो भएकाले सडकदेखि ठूला रेस्टुरेन्टसम्म चाउमिन सर्वत्र पाइन्छ। तर, स्वादको लोभमा दिनहुँ वा अत्यधिक चाउमिन सेवन गर्दा स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ भन्ने चेतना धेरैमा छैन।
विज्ञहरूका अनुसार, अत्यधिक चाउमिन खानाले विभिन्न प्रकारका पाचनसम्बन्धी, मेटाबोलिक, र दीर्घकालीन रोगहरू निम्त्याउन सक्छ। यसमा प्रयोग गरिने खास सामाग्री, स्वाद वृद्धिकर्ता, अत्यधिक नुन, तेल, र हानिकारक रङहरू प्रमुख कारण हुन्।
चाउमिनमा लुकेका स्वास्थ्यका खतरा
१. मोनोसोडियम ग्लुटामेटको प्रयोग – ‘स्वाद बढाउने तर रोग ल्याउने’
मोनोसोडियम ग्लुटामेट एक रसायन हो जुन ‘अजिनोमोटो’ भनेर पनि चिनिन्छ। यो स्वाद बढाउन प्रयोग गरिन्छ, तर अत्यधिक सेवनले पाचन प्रणालीमा गडबडी, टाउको दुख्ने, घडीघडी भोक लाग्ने, र मस्तिष्कमा असर पुर्याउने खतरा हुन्छ। मोनोसोडियम ग्लुटामेट को अत्यधिक प्रयोगले’चिनियाँ रेस्टुरेन्ट सिन्ड्रोम’समेत निम्त्याउन सक्छ।
२. अत्यधिक तेल – मोटोपन र मुटु रोगको कारण
चाउमिन पकाउँदा प्रायः अत्यधिक तेल प्रयोग गरिन्छ, जुन बारम्बार तताइएको हुन्छ। यसले ट्रान्स फ्याट उत्पादन गर्छ, जुन शरीरमा जम्मा भएर कोलेस्ट्रोल बढाउने, रक्तनली थुनिने, र मुटु रोगको जोखिम बढाउने प्रमुख कारण हो।
३. सोडियमको मात्रा – उच्च रक्तचापको खतरा
चाउमिनमा नुन र सोया सस अत्यधिक प्रयोग गरिन्छ। यिनमा सोडियमको मात्रा धेरै हुन्छ, जसले दीर्घकालीन रूपमा उच्च रक्तचाप , किड्नीको समस्या, र पानी अड्किने अवस्था निम्त्याउन सक्छ।
४. प्रोसेस्ड नुडल्स – रासायनिक उपचारले भरिएको
प्रायः चाउमिन बनाउन प्रयोग गरिने नुडल्स प्रोसेस्ड हुन्छन्। यिनमा प्रिजर्भेटिभ, कृत्रिम रङ, र रासायनिक तत्वहरू प्रयोग गरिएको हुन्छ। लामो समयसम्म यस्तो नुडल्स सेवन गर्दा क्यान्सरको खतरा समेत हुन सक्ने वैज्ञानिक अध्ययनहरूले देखाएका छन्।
५. फाइबरको कमी – कब्जियत र पेटको समस्या
चाउमिनमा प्रयोग हुने मैदा अत्यन्तै कम पोषणयुक्त हुन्छ। यसमा फाइबरको मात्रा अत्यन्त कम हुने भएकाले नियमित सेवनले कब्जियत, ग्यास्ट्रिक, र पाचन समस्याहरू निम्त्याउन सक्छ।
६. पोषणको अभाव – शरीरलाई चाहिने तत्व नपुग्ने
चाउमिनमा प्रोटिन, भिटामिन, मिनरलजस्ता आवश्यक पोषक तत्त्व अत्यन्तै कम हुन्छ। यदि यो खानालाई नियमित भोजनको रूपमा लिइयो भने शरीरमा आवश्यक तत्वको अभाव भई कमजोरी, प्रतिरोधी क्षमता कमजोर हुने, र विकासमा अवरोध आउन सक्छ।
चाउमिन सेवनबाट लाग्न सक्ने सम्भावित रोगहरू
रोगको नाम कारण
-ग्यास्ट्रिक अत्यधिक तेल, मसला, र फाइबरको कमी
-उच्च रक्तचाप धेरै नुन र सोया सस
-मुटु रोग ट्रान्स फ्याट र कोलेस्ट्रोल
-मधुमेह (डायबिटिज) प्रोसेस्ड खाद्यपदार्थ र चिनीको मात्रा
-कब्जियत कम फाइबरयुक्त मैदा
-क्यान्सर (दीर्घकालीन जोखिम) MSG र कृत्रिम रङ
-मोटोपन बढी क्यालोरीयुक्त र कम पोषक तत्वयुक्त भोजन
स्वास्थ्यका लागि सल्लाह
-सकेसम्म घरमै चाउमिन बनाउनुहोस् र स्वच्छ सामग्री प्रयोग गर्नुहोस्।
-मैदाको सट्टा गहुँको वा अर्गानिक नुडल्स प्रयोग गर्नुहोस्।
-तेलको मात्रा कम राख्नुहोस् र बारम्बार तताएको तेल प्रयोग नगर्नुहोस्।
– सोया सस र अजिना मटनको प्रयोग घटाउनुहोस्।
-सागसब्जी र प्रोटिनयुक्त सामग्री (जस्तै अण्डा, चिकन) मिसाएर पोषण बढाउनुहोस्।
-बच्चाहरूलाई नियमित चाउमिन खाने बानी नगराउनुस्।
-सकेसम्म चाउमिनलाई नियमित भोजनको विकल्पको रूपमा नलिनुहोस्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया