काठमाडौं – बंगलादेशकी चर्चित अभिनेत्री नुसरत फारिया थाइल्यान्ड जान लाग्दा ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेकी छन्।
२०२४ को विद्यार्थी आन्दोलनमा हिंसा भड्काएको र हत्याको प्रयासमा संलग्न भएको आरोपमा उनलाई पक्राउ गरिएको हो। वाटारा प्रहरी चौकीमा दर्ता मुद्दामा फारियाविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको बंगलादेशी सञ्चारमाध्यमहरूले जनाएका छन्।
फारिया पूर्व प्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगसँग सम्बन्धित गतिविधिमा संलग्न रहेको आरोप पनि छ, जुन हाल प्रतिबन्धित छ।
रेडियो जकीको रूपमा करिअर सुरु गरेकी फारियाले सन् २०१५ मा फिल्म ‘आशिकी: ट्रु लभ’ बाट अभिनयमा डेब्यु गरेकी हुन्। सन् २०२३ मा उनले बायोपिक ‘मुजिब: द मेकिंग अफ नेशन’ मा शेख हसिनाको भूमिका निर्वाह गरेपछि चर्चा कमाएकी थिइन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया