मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

निसानले जुलाईदेखि कर्मचारीका लागि शीघ्र अवकाश योजना ल्याउने

काठमाडौँ – निसान मोटर कम्पनीले जापानका प्रशासनिक कर्मचारीहरूबाट जुलाईदेखि अवकाशका लागि आवेदन माग गर्ने योजना बनाएको छ ।

कम्पनीले विश्वव्यापी रूपमा करिब २० हजार रोजगारी कटौती गर्ने योजना अन्तर्गत अवकाश हुन चाहने कर्मचारीको नाम अफिसमा दर्ता भनेको स्थानीय सञ्चार माध्यमहरूले आइतबार जनाएका छन् । 

जापानी अटोमेकर ‘कार कम्पनी’ निसानले पहिले नै बिक्री र लेखामा काम गर्ने लक्षित कर्मचारीहरूलाई प्रारम्भिक सेवानिवृत्ति प्याकेजहरूको बारेमा सूचित गरिसकेको छ ।

“यसले बिक्री र लेखामा काम गर्नेहरूलाई लक्षित गर्नेछ भने विकास र उत्पादन शाखाहरूमा काम गर्ने कर्मचारीहरूका लागि यो योजना आकर्षित हुने छैन,” क्योदो न्यूजले यस मामिलामा नजिकको स्रोतलाई उद्धृत गर्दै जानकारी गराएको छ । 

कम्पनीले ४५ देखि ६४ वर्ष उमेर समूहका श्रमिकलाई समेट्ने यो योजना जुलाई र अगष्टमा उपलब्ध गराइने जनाएको छ तर अवकाश स्वीकार गरिने आवेदनको सङ्ख्या भने खुलाएको छैन ।

कमजोर बिक्रीसँग जुधिरहेको जापानको तेस्रो ठूलो अटोमेकरले मंगलबार आर्थिक वर्ष २०२४ मा ६७०.८ अर्ब येन ‘करिब ४.५४ अर्ब अमेरिकी डलर’ को भारी खुद घाटा भएको रिपोर्ट गर्दै पुनर्संरचना उपायहरूको घोषणा गरेको छ।

आर्थिक वर्ष २०२७ सम्ममा आफ्नो विश्वव्यापी श्रमशक्तिमा करिब १५ प्रतिशतले कटौती गर्नुका साथै योकोहामास्थित अटोमेकरले सोही अवधिमा विश्वव्यापी रूपमा आफ्ना सवारी प्लान्टहरू १७ बाट १० मा झार्ने योजना बनाएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?