मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

हङकङ र सिंगापुरमा देखियो कोरोना १९ को नयाँ भाइरस, यसबर्षको नै उच्च

काठमाडौँ – कोरोनाका कारण विश्वभर आतंक मच्चाएपछि अब फेरि नयाँ कोरोनाले प्रवेश गरेको छ । एसियाको हङकङ र सिङ्गापुरमा कोरोनाका नयाँ संक्रमित भेटिएका छन् ।

सघन जनसंख्या भएको हङकङ र सिङ्गापुरका स्वास्थ्य अधिकारीहरूले एसियामा कोभिड–१९ को लहरको पुनरुत्थानका कारण कोभिड–१९ का केसहरू तीव्र गतिमा बढिरहेको चेतावनी दिएका छन्।

हङकङमा भाइरसको प्रकोप निकै उच्च रहेको सहरको स्वास्थ्य सुरक्षा केन्द्रको सरुवा रोग शाखाका प्रमुख अल्बर्ट एउले स्थानीय सञ्चारमाध्यमलाई बताएका छन् । उनका अनुसार कोभिड–१९ को पोजिटिभ केसको प्रतिशत एक वर्षकै अहिले उच्च पुगेको बताए । केन्द्रको तथ्याङ्कले मे १३ सम्मको हप्तामा ३१ गम्भीर घटनाहरू रिपोर्ट गरिएको देखाएको छ, जुन गत वर्षकै उच्च हो।

तथ्याङ्कले मृत्युसहित गम्भीर केसहरूमा चिन्ताजनक वृद्धि देखाएको छ । जुन लगभग एक वर्षमा चरम बिन्दुमा पुगेको छ। तर, संक्रमणको यो संख्या पछिल्लो दुई वर्षमा देखिएको संक्रमणको चरमसँग भने मेल खाँदैन। यो भाइरस सम्बन्धी रोगका कारण ७० लाखभन्दा बढी मानिस अस्पतालमा भर्ना भएका थिए ।

तर, नयाँ बिकसित कोरोना–१९ का कारण सिंगापुर अहिले उच्च सतर्कतामा छ। स्वास्थ्य मन्त्रालयले यस महिना लगभग एक वर्षमा संक्रमण संख्यामा पहिलो अपडेट जारी गरेको हो । गत मे १३ सम्मको हप्तामा केसहरूको अनुमानित संख्या अघिल्लो सात दिनको तुलनामा २८ प्रतिशतले बढेर १४ हजार २०० पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?